भिभोका ३ नयाँ स्मार्टफोन सार्वजनिक

समाधान संवाददाता २०७८ चैत २८ गते १६:१६


पोखरा l
भिभोले आफ्नो भि र वाई सिरिजका ३ स्मार्टफोन भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन सस्तो र उत्कृष्ट रहेको कम्पनीको भनाइ छ ।

Advertisement

भिभो नेपालका सिइओ माइकलले नयाँ स्मार्टफोनले उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरे । ‘भिभोमा, हामी आफ्नो व्यक्तित्व झल्काउन साहसी एवं नयाँ तरिकाहरू खोज्ने प्रयोगकर्ताहरुका लागि नवाचार, अत्याधुनिक क्षमताहरु र स्टाइलको संयोजन गरी उत्कृष्ट मोबाइल अनुभव सिर्जना गर्ने प्रयास गर्दछौं,’ उनले भने ।

भिभोका तीनवटा स्मार्टफोनहरु – भि २३ फाइभजी, वाई ३३ एस, वाई ०१ आजबाट देशभर उपलब्ध रहने कम्पनीले जनाएको छ । भिभो भि २३ फाइभजीको मूल्य ५५ हजार ९ सय ९९ छ । यो ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुनेछ ।
वाई ३३ एस २९ हजार ९ सय ९९ मा ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा उपलब्ध हुनेछ । वाइ ०१ को मूल्य १३ हजार ९ सय ९९ छ । यसमा २ जीबी प्लस ३२ जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लु रंग उपलब्ध हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया