बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारको आकर्षक छुट

पोखरा l
बुद्ध एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकार चढ्ने प्रत्येक यात्रुलाई १२ प्रतिशत छुटको व्यवस्था गरिएको छ । बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुद्ध एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरूलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आवतजावतमा आकर्षक छुटको प्याकेजको व्यवस्था गरिएको हो ।
बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध छ । बुद्ध एयरले काठमाडौंबाट दैनिक दशभन्दा बढी पोखराको उडान भर्दै आएको छ । त्यसैगरी, धनगढी, नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ ।
एयरलाइन्सले नयाँ वर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ । यी गन्तव्यहरूबाट पोखरा सिधा उडान भर्ने सबै यात्रुहरू यो योजनाबाट लाभान्वित हुनेछन् । बुद्ध एयरसँग ७२ सिटे एटिआर–७२ जहाज ११ वटा, ४२ सिटे एटिआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाजहरू छन् ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया