बुद्ध विशाल बजारमा बिदाइ
समाधान संवाददाता
२०७८ चैत २९ गते १४:४६

पोखरा l
बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले अवकास प्राप्त सुरक्षा कर्मचारीलाई सम्मान तथा बिदाइ गरेको छ । बजारमा ३६ वर्षदेखि कार्यरत सुरक्षा कर्मचारी वीरहादुर घले तथा कमशेर गुरुङलाई बिदाइ गरिएको हो ।
एसोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले सुरक्षा कर्मचारीको योगदानलाई भुल्न नसक्ने बताए । कार्यक्रममा एसोसियसनका कानुनी सल्लाहकार जगन्नाथ ढकाल, उपाध्यक्ष ईन्द्रराज अर्याल, महासचिव बुद्धिबहादुर कुवर, सल्लाहकारहरु शिव शर्मा र सुरक्षा संयोजक राजु केसीले बोलेका थिए ।
घले र गुरुङलाई दोसल्ला, सम्मानपत्र तथा नगद ६५ हजार तथा सञ्चयकोषको पासबुकसहित बिदाइ गरिएको छ । एसोसियसनको रिक्त कार्यसमिति सदस्यमा मनोनित माधव आचार्यलाई सोमबारै सपथ गराइएको छ । समारोहमा नव वर्ष २०७९ को क्यालेन्डरसमेत विमोचन गरिएको थियो ।
सम्बन्धित








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया