लिग चरण सकियो

समाधान संवाददाता २०७८ चैत २९ गते १६:०२


पोखरा l
कास्कीमा जारी सावित्री निर्माण सेवा कास्की लिगमा लिग चरणका खेल सकिएको छ । पोखरा रंगशाला स्थित वैकल्पिक खेलमैदान र पोखरा २५ हेम्जास्थित गौरी शंकर खेलमैदानमा गत २१ गतेदेखि सञ्चालनमा रहेको लिग चरणका खेल सोमबार सकिएको हो ।


लिग चरणका खेल सकिएसँगै क्वाटरफाईनल खेल पोखरा रंगशालामा सञ्चालन गरिने खेल संयोजक नरप्रसाद गुरुङले जानकारी दिए । पहिलो समूहबाट हेमजा युनाइटेड क्लब ८ र नव आदर्श युवा क्लब १० अंकसहित अन्तिम ८ मा प्रवेश गरेका छन् । दोस्रो समूहबाट विष्णु पादुका क्लब ९ र ड्यामसाइड क्लबले १० अंकसहित क्वाटरफाइलमा स्थान बनाए ।


तेस्रो समूहबाट सत्य युवा क्लब र शितलज्योति क्लब समान १२ अंकसहित छनोट भए । अर्काे समूहबाट एलजी एसोसियसन ११ र भ्याली स्पोर्टस् क्लब १० अंकसहित क्वाटरफाइनल पुगेका छन् । क्वाटरफाइनलका खेल मंगलबार पोखरा रंगशालामै हुने संयोजक गुरुङले जानकारी दिए । पहिलो खेल नव आदर्श र शितलज्योतिबीच हुनेछ । दोस्रो खेलमा सत्य युवा क्लब र हेमजा युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेल ड्यामसाइड र भ्याली स्पोर्टस्बीच हुनेछ ।

Advertisement


अन्तिम खेल विष्णुपादुका क्लबले एलजी एसोसियसनसँग प्रतिस्पर्धा गर्ने एन्फा कास्कीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया