एमालेले रुपामा अध्यक्ष, उपाध्यक्ष दोहोर्याउने

पोखरा ।
नेकपा (एमाले ) रुपा गाउँकार्यपालिका कमिटीले स्थानीय तहको निर्वाचनमा अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङलाई दोहो¥याएर उठाउने भएको छ ।
कमिटीको मंगलबार बसेको १० औं पूर्ण बैठकले अध्यक्षमा ओझा र उपाध्यक्षमा गुरुङलाई सर्वसम्मत उम्मेद्वार बनाउन सिफारिस गरेको कार्यवहाक अध्यक्ष नीलकण्ठ रेग्मीले जानकारी दिए । ‘पालिकामा अहिलेका जनप्रतिनिधिले सन्तोषजनक काम गरेकाले फेरि दोहोर्याउने निर्णय गरिएको हो,’ उनले भने, ‘धेरै वडामा समेत सर्वसम्मत रुपमा अध्यक्ष तथा सदस्य सिफारिस गरिएको छ ।’
कार्यवहाक अध्यक्ष रेग्मीले सिंगो पार्टी कमिटी एकताका साथ चुनावी माहोल बनाउन लाग्ने बताए । रुपामा सर्वसम्मत बनाउन पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य शिवप्रसाद खनाल, प्रदेश कमिटीका सदस्यहरु राधाकृष्ण लामिछाने, सबाबक्स मियाँ, कालीदास सुवेदी, मिलन सुवेदी, जिल्ला कमिटीका सदस्यहरु सरिता कुमाल र पुष्पराज सुवेदीले सहजीकरण गरेका थिए ।
वडा नम्बर १ मा शिव खनाल, ३ मा दीपेन्द्र गौतम, ४ मा मुकुन्द बंशी, ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ, ७ मा कृष्ण सुवेदी वडा अध्यक्षमा सिफारिस भएका छन् । वडा नम्बर २ मा ४ जना आकांक्षी भएपछि टुंगिएको छैन ।
कास्कीको मादी गाउँपालिकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ५ जनाले इच्छा जाहेर गरेको पार्टीका पालिका अध्यक्ष बालकृष्ण गुरुङले जानकारी दिए । उनले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य पदमप्रसाद पौडेलको नेतृत्वमा सहजीकरण समितिले वैशाख २ गतेपछि सहमतिको प्रयास गर्ने बताए ।
गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले अरुलाई पालो दिनको लागि फेरि अध्यक्ष नदोहोयाउने बताए । पालिकाका उपाध्यक्ष विष्णुमाया पौडेलले अध्यक्षमा दाबी गरेकी छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अध्यक्षका लागि १० र उपाध्यक्षका लागि ७ जनाले दाबी पेस गरेको पार्टीका पालिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । पालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले फेरि अध्यक्ष बन्न मनोनयन दर्ता गरेका छैनन् । पालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले अध्यक्षमा दाबी गरेकी छन् ।
एमाले अन्नपूर्ण गाउँपालिका कमिटीको मंगलबारको बैठकमा अध्यक्षका लागि १४ र उपाध्यक्षका लागि ७ जनाले नाम दर्ता गराएका छन् । उपाध्यक्ष सगुन गुरुङ र विष्णुबहादुर केसीले अध्यक्षमा दाबी गरेका छन् । बैठकले पार्टीका अध्यक्ष विवेक देवकोटाको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्कीले कास्कीका सबै पालिकामा मंगलबार बैठक बसेर अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गर्न निर्देशन गरेको थियो । जिल्ला कमिटी कास्कीले पालिकाबाट आएको नामावली वैशाख ४ गतेसम्ममा प्रदेश कमिटीमा सिफारिस गर्ने जिल्ला कमिटी कास्की सचिव बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया