फेवा महोत्सव आज देखि, खाना र संगीतको मज्जा

पोखरा l
निशुल्क प्रवेशसहित खुला सडकमा बुधबारबाट पोखराको लेकसाइडमा हुने १७ औं फेवा नव वर्ष महोत्सव २०७९ को तयारी पूरा भएको छ । आयोजक होटल संघ पोखरा नेपालले मंगलबार पत्रकार सम्मेलन गरी महोत्सवमा सहभागी भई नयाँ वर्षलाई स्वागत गर्न अव्हान गरेको छ । २ दिने महोत्सव बिहीबारसम्म चल्नेछ ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । फिस्टेल गेटदेखि हल्लनचोक बीचको ३ किलोमिटर लामो सडकमा यो महोत्सव हुनेछ । आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्दै कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने गर्न महोत्सवले सघाउने अपेक्षा लिइएको छ ।
कोभिडकै कारण लगातार २ वर्ष महोत्सव स्थगित भएको थियो । नेपालका मुख्य सहरमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृति जोगाउनुपर्ने आयोजकले जनाएको छ । महोत्सवमा गीत, संगीत अन्तर्गत चैत ३० गते ख्यातिप्राप्त कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिती आले, शिवहरि ढुंगाना, सुरेन्द्र गुरुङ, सरला पाण्डे, गंगा पौडेल र सुमिना क्षत्रीको प्रस्तुति रहनेछ ।
लाइभ ब्यान्डतर्फ दिनेश ढकालद्वारा गायन साथै स्थानीय कलाकारको प्रस्तुति हुनेछ । नयाँ वर्षको दिन प्रकाश दुतराज, सम्झना भण्डारी, तारापति सुवेदी, रामजी पौडेल, राजन कार्की, जीवन सिग्देल, टेक क्षत्री, माया गुरुङ, लक्ष्मी नेपाली र तुल्सा क्षत्रीले मनोरञ्जन प्रदान गर्ने कार्यक्रम छ । महोत्सव उद्घाटनसँगै दोहोरी र अन्य कार्यक्रम सञ्चालन हुने र साँझपछि राति १२ बजेसम्म पप कन्सर्टका कार्यक्रम हुने छन् ।
महोत्सवको अवसरमा अम्बोट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी कार्यक्रम हुने तय छ । उद्घाटनअघि ड्यामसाइड र खहरेबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिनेछ । अन्नपूर्ण केवलकार प्रालि र गोर्खा ब्रुअरी महोत्सवका मुख्य प्रायोजक छन् भने नेपाल पर्यटन बोर्ड प्रबद्र्धक छ ।
पत्रकार सम्मेलनमा संघ अध्यक्ष सुवेदीले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिए । होटलमा हाल २५ प्रतिशत हाराहारी अकुपेन्सी रहेको र नयाँ वर्ष लक्षित होटलको बुकिङ ५० प्रतिशत पुगेको पनि उनले बताए । होटलको ट्यारिफमा ३० प्रतिशत छुटको घोषणा संघले यसअघि नै गरिसकेको छ । महोत्सवका अवसरमा रात्रीकालिन बस तथा ट्याक्सी सेवा उपलब्ध हुने जानकारी पनि संघले दिएको छ । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले पर्यटनमा विस्तारै सुधार हुँदै गएको र गण्डकी प्रदेशका पोखराबाहेक अन्य क्षेत्रमा समेत पर्यटक पुग्ने क्रम देखिएको जानकारी दिए । कार्यक्रममा संघका महासचिव राजेन्द्र ढकालले पनि बोलेका थिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया