मुस्ताङ इको म्युजियम ठेक्कामा नदिन माग

समाधान संवाददाता २०७८ चैत ३० गते २०:१३

सुन्दरकुमार थकाली
जोमसोम, ३० चैत
मुस्ताङको घरपझोङ ३ पुथाङ एअरपोर्ट नजिकै रहेको इको म्युजियम ठेक्का लगाइपछि पुथााङ आमा बहुमुखी सहकारी संस्थाका महिला तनाबमा परेका छन् । डेढ दशकपछि इको म्युजियम रेखदेख, व्यवस्थापन पुथाङ आमा बहुमखी सहकारीले गर्दै आएको छ


घरपझोङ गाउँपालिकाले समन्वय नगरी ठेक्काम लगाएको उनीहरुको गुनासो छ । मुस्ताङ ईको म्युजियम जापानी सहयोग संस्था जाईका र राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना ( एक्याप)को साझेदारीमा निर्माण भएको थियो । ईको म्यूजियम सार्वजनिक प्रति जग्गाको करिव १६ रोपनीक्षेत्रफलमा निर्माण गरिएको थियो ।

मुस्ताङ ईको म्यूजियम व्यवस्थापनमा उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका विभिन्न प्रवुद्ध समाजसेवीलाई समेटिएको थियो ।दुई तले ईको म्यूजियममा मुस्ताङको धार्मिक,सांस्कृतिक,सामाजिक र जैविक विविधता झल्किने सामाग्री राखिएको थियो । मुस्ताङको पर्यटन तथा विभिन्न खोज अनुसन्धानका लागि सहयोग पुग्ने गरी निर्माण गरिएको मुस्ताङ ईको म्यूजियम २०७२ सालको भूकम्पले भवनमा क्षति पू¥याएपछि ईको म्यूजियम बन्द हुन पुगेको थियो ।

Advertisement

यसअघि मुस्ताङ इको म्यूजियम एक्यापको स्वामित्वमा रहेको थियो । एक्यापले त्यसबेला घरपझोङ—३ एअरपोर्टको पुथाङ आमा बहुउद्देश्य सहकारी संस्थाका महिलालाई रेखदेख र व्यवस्थापनको जिम्मा लगाएको थियो ।ईको म्यूजियम भुकम्पले क्षति पू¥याएपछि पूर्ण रुपमा बन्द छ । कोरोना कहरका कारण पर्यटनक्षेत्र प्रभावित बनेपछि ईको म्यूजियम संञ्चालन गर्नेतर्फ कसैको ध्यान पुग्न सकेन ।

संघीयतापछि घरपझोङ गाउँपालिकाले भुकम्पले जीर्ण बनाएको ईको म्यूजिम पूननिर्माण गर्न अग्रसर देखायो । गाउँपालिकाले २५ लाख खर्चिएर ईको म्यूजियम पून निर्माण ग¥यो ।भुकम्पले भवनमा क्षति पूग्दा त्यहाका कतिपय ऐतिहाँसिक सामाग्री हराए भने कतिपय सामाग्री संस्थाले संरक्षण ग¥यो ।संस्थाले त्यहाँका कर्मचारी व्यवस्थापन गरी ईको म्यूजियम संरक्षण र त्यहा स्याउ बगैचा विस्तार ग¥यो ।

Advertisement

गाउपालिका,एक्याप र प्रशासनको बैठकले ईको म्यूजियम ठेक्का लगाउने निर्णय गरी टेन्डर आह्वान गरेको पालिकाको भनाई छ । पालिकाले चैत्र १५ गते बढीमा एकलाख नघट्ने गरी ठेक्का खुलाएको थियो । पालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार ठेक्का सम्झौता गरेको जनाएको छ । तर, पालिकाले गरेको उक्त ठेक्का प्रक्रिया प्रति पुथाङ आमा समुहको टोली रुष्ट छन् । उनीहरुले लामो समयदेखि एक्यापसंग समन्वय गरी मुस्ताङ ईको म्यूजियमको जिम्मा लिएको र अहिले बिना कुनै समन्वय नगरी ठेक्का टेन्डर खोलेको बताएका छन् ।

संस्थाकी अध्यक्ष कल्पना गौचनले पालिकाले सार्वजनिक सम्पतीको नाममा बिना समन्वय एकलौटी ठेक्का प्रक्रियामा लैजानु न्यायपूर्ण नभएको बताईन् ।‘हामीले ईको म्यूजियम संरक्षणका लागि धेरै श्रम खर्चिएका छौं, उनले भनीन् ,अहिले हामीलाई पत्तै नदिई ठेक्का गरिनु स्थानीय सरकारको नाममा दादागिरी नै हो । संस्थाले पूथाङ आमा सहकारीले जसरी ईको म्यूजियम संरक्षण गर्न नसक्ने उनको भनाई छ ।

संस्थाकी अध्यक्ष गौचनले मंगलबार पालिकाकी उपाध्यक्ष शर्मिला गुरुङ समक्ष ज्ञापनपत्रसमेत बुझाएकी छन् । पत्रमा संस्थाले धेरै श्रम खर्चिएर स्याउ बिरुवा हुर्कायो, बढायो र फल समेत दिने बेला भएको र सोको मानवीय संवेदनालाई आत्मसाथ गरी ईको म्यूजिमय सहज रुपमा सस्थालाई जिम्मेवारी दिनुपर्ने तर्क गरिन् । संस्थाले कसैलाई ईको म्यूजिमय जिम्मा लगाएमा त्यहा उत्पादन भएका फलफल संस्थाका कर्मचारीले पाउनुपर्ने माग गरेका छन् । उनीहरुले ईको म्यूजियम पूथाङ आमा सहकारी भन्दा कसैको जिम्मेवारीमा गएमा त्यसमा संस्थाको कुनै सहयोग नरहनेसमेत चेतावनी दिएको छ ।

यता, पालिकाले पहिलो पटक आह्वान गरेको ईको म्यूजियम ठेक्कामा कसैको पनि दरखास्त नपरेको पालिकाले जनाएको छ । पालिकाले दोस्रो पटक पूनः ईको म्यूजियम ठेक्का टेन्डर खोल्ने जनाएको छ । यता, पुथाङ आमा समूहले सहमती र समन्वयमा ठेक्का प्रक्रियाअघि बढाउनु पर्ने माग गरेको छ ।

तपाईको प्रतिक्रिया