रुपा अध्यक्ष ओझाले फिर्ता गरे सरकारी गाडी

समाधान संवाददाता २०७८ चैत ३० गते २१:२१

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बुधबार सरकारी गाडी फिर्ता गरेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृतलाई गाडीको चाबी हस्तान्तरण गरेका हुन ।

Advertisement

एमाले रुपाले उनलाई सर्वसम्मत फेरि अध्यक्ष उम्मेदवार बनाउने सिफारिस गरेको छ । उनले भने, ‘बैशाख ३० गतेको चुनाबमा फेरि रुपाली जनताको चाहना अनुसार वाकी काम पूरा गर्ने, जनताको सपना पूरा गर्न सर्वसम्मत रुपमा नेकपा एमालेको तर्फवाट उठ्ने जानकारी गराउदै आजवाट स्वच्छ निर्वाचनको मर्म र भावनालाइ कदर गर्दै सरकारी गाडी प्रयोग नगर्ने अठोट गरी गाडीको चावी प्रमुख प्रशासकीय अधिकृतसमक्ष हस्तान्तरण गरिएको जानकारी गराउन चाहन्छु ।’

तपाईको प्रतिक्रिया