एमालेमा उम्मेदवार चुन्न आन्तरिक चुनाव

पोखरा l
पाेखरा महानगरपालिकाको मेयर तथा उपमेयर छान्न नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक चुनाव गर्न लागेको छ । सर्वसम्मतका लागि मेयर र उपमेरका आकांक्षीले बुधबार दिनभर छलफल गरे पनि सहमति जुटेन । सहमति नभएपछि आन्तरिक मतदानमा जान लागेको एमाले स्रोतले जनाएको छ । पोखराको मेयरमा एमालेबाट १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन् ।
एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ लगायतका माथिल्लो कमिटीका नेताले मेयर र उपमेयरका आकांक्षीलाई बोलाएर सर्वसम्मतका लागि प्रयास गरेका थिए । अध्यक्ष गुरुङले मेयर र उपमेयरका आकांक्षीलाई दिनभर राखेर छलफल गरेको जानकारी दिए । उनले दिनभर दही मथे पनि घिउ निकाल्न नसकेको सुनाए । पार्टीको पोखरा महानगर कमिटी छलफल सकारात्मक नभएपछि आन्तरिक चुनावमा जाने निर्णयमा पुगेको हो ।
‘माथिल्लो कमिटीका नेतासँगले गरेको सहजीकरणको प्रयास टुंगोमा पुग्न सकेन,’ एमाले स्रोतले भन्यो, ‘छलफल सकारात्मक नभएपछि मेयर र उपमेयरका उम्मेदवार छान्न आन्तरिक मतदान गर्न लागिएको हो ।’ पार्टीको नगर कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार छान्न नसकेपछि मतदानबाट टुंग्याउन लागेको छ । अहिले पोखरा महानगर कमिटी १ सय १० सदस्यीय छ ।
२०७४ सालको स्थानीय चुनावमा समेत मेयर र उपमेयरमा सर्वसम्मत हुन नसकेपछि आन्तरिक मतदानबाट निर्णय गरिएको थियो । त्यति बेला तत्कालीन पोखरा उपमहानगरपालिका, लेखनाथ नगर पालिका कमिटीका ४ सय ७३ जनाले मतदान गरेका थिए । बिहीबार नयाँ वर्ष भएकाले वैशाख २ गते आन्तरिक मतदान हुने सम्भावना छ ।
मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका छन् ।
महानगर उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका छन् ।
एमालेले महानगरपालिकाको उम्मेदवारको टुंगो पार्टी केन्द्रबाटै लगाउने व्यवस्था छ । महानगरपालिका कमिटीको सिफारिस जिल्ला हुँदै प्रदेश पुग्नेछ । प्रदेश कमिटीले मेयर र उपमेयरमा ३÷३ जनाको नाम सिफारिस गर्न सक्नेछ ।
गाउँपालिकामा पनि सहमति भएन
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सहजीकरण समितिले अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार राखेर छलफल गरे पनि एमाले पार्टीभित्र ठोस निर्णय हुन सकेको छैन । सहजीकरण समितिका सदस्य आरएस शर्माले फेरि पनि सहमतिको प्रयास गरिने बताए ।
माछापुच्छ्रेमा अध्यक्षका लागि पार्टी अध्यक्ष विक्रम गुरुङ, लालबहादुर परियार, पूर्णबहादुर गुरुङ, राजेन्द्र गौतम, नन्दलाल अधिकारी, हरिश्चन्द्र ढुंगाना, पूर्णबहादुर शाही, यदुनाथ अधिकारी, कृष्णकुमारी दवाडी र भगवती गुरुङले पार्टीमा नाम दर्ता गरेका छन् । पालिका उपाध्यक्षमा विष्णुमाया तामाङ गुरुङ, पार्वती जिसी, सीता तिवारी, चन्द्रा ज्यु ठकुरी, हिरादेवी सुनार, विष्णुबहादुर केसी र शान्ति भुजेलले दाबी गरेका छन् ।
एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले बुधबार पोखरा र अन्नपूर्णको पार्टी कार्यालयमा अध्यक्ष तथा उपाध्यक्षका आकांक्षीसँग परामर्श गरी सर्वसम्मतको प्रयास गरेको छ । पालिका अध्यक्षमा सुरेन्द्र गुरुङ, सगुन गुरुङ, विष्णु केसी, भरतमान गुरुङ, विवेक देवकोटा, गौरी सुवेदी, रमेश भण्डारी, सोमनाथ पौडेल, हरिकृष्ण भट्टराई, चन्द्रबहादुर गुरुङ र हरि शर्माले दावी गरेका छन् । उपाध्यक्षमा चन्द्रा अधिकारी, कमला केसी, टंकदेवी सुवेदी र लक्ष्मी अधिकारीले पार्टीमा नाम दर्ता गराएका छन् ।
मादी गाउँपालिकामा अध्यक्षका लागि विष्णुमाया पौडेल आचार्य, बालकृष्ण गुरुङ, बुद्धिसागर सापकोटा, शिव गुरुङ (महेन्द्र), पसबहादुर बास्तोला (श्याम), जसबहादुर गुरुङ, सुदीप सापकोटाको दावी छ । उपाध्यक्षमा निर्मला सुवेदी, प्रतीक्षा पौडेल, राजु अधिकारी, सिर्जना अर्याल र कल्पना गुरुङले इच्छा जाहेर गरेको पार्टीका अध्यक्ष बालकृष्ण गुरुङले जानकारी दिए । पार्टीका सचिव सुवास सापकोटाले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य पदमप्रसाद पौडेलको नेतृत्वमा सहजीकरण समितिले वैशाख २ गतेपछि सहमतिको प्रयास गर्ने बताए ।








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया