जलारी समाज कास्की गठन

समाधान संवाददाता २०७९ वैशाख १ गते ११:३१

पाेखरा l
कास्कीको विभिन्न ठाउमा छरिएर रहेका जलरीहरु संगठित भएका छन् । लेखनाथमा भएको भेलाले झलक जलारीको अध्यक्षतामा जलारी समाज कास्की गठन गरेको हो ।

Advertisement


आफनो जातीय एकता, पेशागत एवं भाषाको संरक्षण गर्न कास्कीका विभिन्न चार ठाउँमा रहेका समाजको भेलाले झलक जलारीलाई अध्यक्षमा चयन गरेको हो । नवगठिन समितिको उपाध्यक्षमा सूर्य जलारी, सचिव ईन्द्रबहादुर जलारी र कोषाध्यक्ष मनोज जलारी छन् । समितिका सदस्यकमा मल्के जलारी, विशाल जलारी, सुकबहादुर जलारी, सञ्जीव जलारी, देवु जलारी, शोभा जलारी र शान्ति जलारी छन् ।


भेलाले पदेन सदस्यमा बेगनासताल मत्स्य व्यवसायी समिति राजेन्द्र जलारी, हर्पन फेवा मत्स्य सहकारीका सोम जलारी, एकता जलारी समाजका कान्छा जलारी र सीतापाइला जलारी समाजको तर्फबाट सानुमान जलारीलाई चयन गरेको छ । समितिको सल्लाहकारमा हर्कबहादुर जलारी छन् । भेला आयोजक समितिका अध्यक्ष राजेन्द्र जलारीको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया