स्वास्थ्यकर्मी संघ जिएमसीको भित्तेपात्रो सार्वजनिक
समाधान संवाददाता
२०७९ वैशाख १ गते १२:१९

लेखनाथ l
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाइ समिति २०७९ सालको क्यालेन्डर प्रकाशन गरेको छ । ‘आपसी प्रेम र सदभाव’ भन्ने मान्यतालाई मनन गर्दै स्वास्थ्य एवं सामाजिक सचेतना जगाउँदै आएको संस्थाले भित्तेपात्रो प्रकाशन गरेको हो ।
कलेजका प्राचार्य प्राडा रवीन्द्रप्रसाद श्रेष्ठले यस्तो कार्यक्रमले भावनात्मक एकतामा सहयोग पुग्ने बताए । क्यालेन्डर प्रकाशन समिति संयोजक हरिबहादुर बस्नेतले विषम परिस्थितिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डा. शंकर पौडेल र सचिव राजन पोख्रेलले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया