कास्कीका एसपी थापालाई राष्ट्रदीप सम्मान
समाधान संवाददाता
२०७९ वैशाख १ गते १८:०६
पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) रमेश थापा राष्ट्रदीप विभूषण पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई राष्ट्रदीप विभूषणबाट सम्मान गरेकी हुन् ।
थापाले शान्ति सुरक्षा क्षेत्रमा उच्च योगदान पुर्याएको बापत सम्मान गरिएको हो । राष्ट्रपति भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक कृतिमय राष्ट्रदीप, सुप्रबल जनसेवा श्री, प्रबल जनसेवा श्री तथा जनसेवा श्री पदकले विभूषित गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया