मुस्ताङमा उत्कृष्ट किसान र विद्यार्थी सम्मानित

जोमसोम ।
तत्कालीन सांसद एवं समाजसेवी ओम विकास र देउकुमारी गौचनको स्मृतिमा स्थापित ओम विकास गौचन र देउकुमारी गौचन स्मृति प्रतिष्ठानले गाउँपालिकाका उत्कृष्ट कृषक र विद्यार्थीलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले १६ औं स्मृति दिवसको अवसरमा सम्मान गरेको हो । मुस्ताङको कोवाङ गाउँपालिका २ खन्तीमा रहेको ओम विकास गौचनको शालिकमा संविधानसभा सदस्य श्रीमाया थकालीले ओमविकास गौचनको राजनीति र सामाजिक क्षेत्रको योगदानको चर्चा गरिन् । गौचनले राजनीति समाजसेवा भएको उल्लेख गर्दै निरन्तर सामाजिक क्षेत्रमा क्रियाशील हुनुपर्नेमा जोड दिइन् । स्वर्गीय गौचन शिक्षाका प्रेरक, कृषि कर्मका प्रेरक र राजनीतिक अगुवा भएको उनले औंल्याइन् ।
घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले समाजलाई योगदान दिने व्यक्ति भौतिक रुपमा नभए पनि सधै जनमानसमा बाचिरहने बताए । थासाङकी उपाध्यक्ष बालकुमारी शेरचनले प्रतिष्ठानले शिक्षा, स्वास्थ र कृषिलाई प्राथमिकता दिँदै यस क्षेत्रको बिकासमा योगदान गरेको जनाइन् ।
सो अवसरमा जिल्लाका ५ गाउँ पालिकाका उत्कृष्ट कृषकलाई सम्मान गरियो । सम्मानित हुनेमा थासाङका निरज तुलाचन, घरपझोङका पूर्णकुमारी थकाली, बारागुङ मुक्ति क्षेत्रका न्हुन्यु गुरुङ, लोघेघरका सोनान दुन्दुप गुरुङलाई कृषि औजार सामग्री र सम्मान पत्र प्रदान गरियो ।
जिल्लाको उत्कृष्ट छात्रा ज्ञानोदय माध्यमिक विद्यालयका सुवास्ना गौचन, छात्रतर्फ जनहित मावि जोमसोमका कृष शेरचन र दलित विद्यार्थीतर्फ जनहितकै सुरिता विकलाई जनही १० हजार नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरियो ।
प्रतिष्ठानका अध्यक्ष सवि शेरचनले राजनीतिक र सामाजिक व्यक्तित्व आफ्ना बुबाआमाले समाजमा पुर्याएको योगदानलाई चिरस्थायी बनाउने प्रयत्न गरिहेको बताइन् । गौचन दम्पतीको २०६२ चैत ३० गते मुस्ताङको सौरु गाउँको आफ्नै घरमा हत्या भएको थियो ।
कोवाङ गाउँपालिका २ खन्तीमा गौचनको स्मृतिमा ओम विकास गौचन चोक छ । शालिक निर्माणका लागि तत्कालीन सांसद श्रीमाया थकाली र महेन्द्र शेरचनले ६ लाख ५५ हजार प्रदान गरेका थिए । प्रतिष्ठानले शालिक छेउको करिब ६ रोपनी जग्गामा ओखर, स्याउ र किबि खेती गरेको छ ।
प्रतिष्ठानले थासाङ गाउँपालिकाका महिलालाई नेतृत्व विकास तामिमसमेत दिएको छ । तालिममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गरेकी छन् । कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश भट्टचन र सचिव गौतम शेरचनले पनि बोलेका थिए ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया