नमुना आमा समूहको भित्तेपात्रो सार्वजनिक

पोखरा l
नमुना आमा समूह पोखरा ६ बैदामले नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन गरेको छ । पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले भित्तेपात्रो सार्वजनिक गरेका हुन् । वडाध्यक्ष पहारीले टोल, समाजलाई सफा, स्वच्छ राख्ने लगायतक सामाजिक कार्यमा आमा समूह अग्रणी रहेको बताए । पर्यटकीय क्षेत्र बैदाममा पर्यटनमैत्री व्यवहार तथा पर्यटन प्रवद्र्धनमा समेत आमा समूहको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।
सामुदायिक सेवा केन्द्र बैदामका कोषाध्यक्ष उमा भण्डारीले सेवा केन्द्रका हरेक कार्यक्रममा आमा समूहले सहयोग गर्दै आएको उल्लेख गरिन् । पत्रकार गणेश पहारीले सामाजिक कार्यलाई सञ्चार क्षेत्रले सँधै प्रोत्साहन गर्दै आएको जनाए ।
आमा समूहका संस्थापक अध्यक्ष मिठुदेवी अधिकारीले समाजमा हुने विकृति, विसंगति नियन्त्रण गर्दै राम्रो समाज निर्माणका लागि काम गर्दै आएको बताइन् । संस्थाका अध्यक्ष जुना अधिकारीले सदस्यको क्षमता विकासका लागि तालिम, सीप तथा व्यावसायिक तालिम लगायत कार्यक्रम सञ्चालनको योजना सुनाइन् ।
कार्यक्रममा निर्वतमान अध्यक्ष अम्बिका अधिकारी, सल्लाहकार तारादेवी पहारी, उपाध्यक्ष सकुन्तला अधिकारी, सदस्य माया सुवेदी, लक्ष्मी कोइराला लगायतले बोलेका थिए ।








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया