कांग्रेस पोखरा २७ मा कार्यकर्तालाई चुनावी प्रशिक्षण

लेखनाथ l
नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २७ ले कार्यकर्तालाई चुनावी प्रशिक्षण दिएको छ । पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाटले नेपाली जनताको मन जित्ने गरी कांग्रेस पार्टीले कार्ययोजना ल्याउनुपर्ने बताए । उनले कांग्रेसलाई गठबन्धनको खाँचो नपर्ने तर आवश्यक पर्ने ठाउँमा पाटीको नीति अनुसार अगाडि बढ्न कार्यकर्तालाई अनुरोध गरे ।
नेपाली कांग्रेस वडा इकाइ कमिटी अध्यक्ष नारायणमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कास्की कांग्रेसका नेता कृष्ण केसीले पार्टीले गरेका कामको प्रचारप्रसार र भावी योजनाका बारेमा घोषण पत्र बनाएरअघि बढ्नुपर्ने विचार राखे ।
कार्यक्रमा कांग्रेस कास्की क्षेत्र नं १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने, पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा सदस्य प्रेमप्रसाद बराल, प्रजातन्त्र सेनानी हिरामणि सुवेदी, नेपाली कांग्रेस कास्की क्षेत्र नं १ कका सभापति दुर्गा सुवेदी, क्षेत्रीय सचिव ओमप्रकाश गुरुङ, महाधिवेसन प्रतिनिधि सुरजजंग राणा, शिरोमणि लामिछाने, दुर्गा लामिछाने, कांग्रेस वडा नं २६ का सभापति शिवबहादुर रानाभाट, चतुराखर अधिकारी, गंगा खनाल, सचिव सूर्यबहादुर वाग्ले र उपसभापति विश्वराज लामिछानेले बोलेका थिए ।







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया