नेपाली कांग्रेस पोखरा ६ को चुनावी प्रचार कार्यालय

पोखरा l
पोखरा महानगरपालिका वडा न ६ बैदाम इकाईको प्रचार सम्पर्क कार्यालयको स्थापना गरिएको छ । आउँदो ३० गते हुने स्थानीय चुनावलाई मध्यनजर गर्दै बैदाम डिहिकोपाटनमा सम्पर्क कार्यलय स्थापना गरिएको हो । कार्यलय स्थापना सँगै नव वर्ष २०७९ को पावन अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेले बिहीबार एक विशेष समारोहबिच कार्यालयको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै सदस्य पौडेलले नेपाली कांग्रेसले लेख्ने घोषणापत्र दलित, महिला, उत्पीडित जनजाति, युवा र पर्यटन व्यवसायीहरुसित छलफल गरेर ल्याउनुपर्ने बताए । बैदाम क्षेत्र नेपालकै पर्यटकीय क्षेत्र भएकाले पर्यटन मैत्री घोषणापत्र हुनुपर्नेमा उनले जोड दिए ।
पौडेलले नेपालको सामाजिक, राजनीतिक र आर्थिक विकासका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । समुन्त नेपाल बनाउन पनि नेपालमा नेपाली कांग्रेसको आवश्यकता रहेको सुनाउँदै आउने स्थानीय, प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसले जित्नै पर्ने बताए । युवा नेता पौडेलले स्थानीय चुनावमा स्थानिए जनताले रुचाएको लोकप्रिय मान्छेले चुनावमा उम्मेदवार हुन आग्रह गरे । नेपाली कांग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसीले नेपालका कम्युनिस्टहरुले देशको विकास निर्माण समेत राजनीति गर्ने गरेको बताए । समुन्त नेपाल निर्माणका लागि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको प्यानललाई विजयी गराउन जोड दिए ।
पोखरा महानगरपालिका वडा न ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले आफ्नो कार्यकालमा वडाको विकास निर्माणका लागि महत्वपूर्ण योगदान गरेको बताए । संघ, प्रदेश र महानगरमा आफ्नो अनुकुल सरकार नहँुदा आफूले भने जस्तो काम गर्ने नपाएको गुनासो सुनाए । प्रशानलाई जनमुखी बनाउन जनप्रतिनिधिहरुको महत्वपूर्ण योगदान रहने बताउँदै आउने चुनावमा कांग्रेसका जनप्रतिनिधिहरुलाई जिताउनुपर्ने भनाइ राखेका थिए ।
इकाई सभापति सन्तोष पौडेलले नेपाली कांग्रेसको पहिलो काम कम्युनिस्टलाई परास्त गराएर स्थानीय चुनावमा वडाको पाँचै सिट जित्ने अनि देश र जनताको भावना अनुकुल सेवा गर्नुपर्ने औंलाए । आसन्न निर्वाचनमा नेपाली कांग्रेसको विजय सुनिश्चित गर्न कुनै कसर बाँकी राख्न नहुनेमा उनले जोड दिएका थिए । सभापति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति शिवजी कुँवर र सचिव प्रकाश न्यौपाने लगायतले स्थानीय चुनावमा नेपाली कांगे्रसका उम्मेदवारहरुलाई जिताउन सबै एक जुट भएर अगाडि बढेमा विजय सुनिश्चित रहेको बताए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया