मित्र मिलनको ९औँ स्थापना दिवसः ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग

पोखरा ।
मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाको ९औँ स्थापना दिवसको अवसरमा आज पोखरा २२ पुम्दीभुम्दीस्थित आदर्श ज्येष्ठ नागरिक समितिका ९ जना सदस्यहरुलाई सम्मान गरेको हो ।
पोखरा-९ नयाँबजारमा मुख्य कार्यालय रहेको संस्थाले नगद, दोसल्ला,माला लट्ठीसहित सम्मान गरेको हो भने समितिलाई २५ थान कुर्ची र एउटा दराज सहयोग गरेको हो । यस समितिमा २५२ जना जेष्ठ नागरिकहरु आवद्ध छन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा २२का वडाध्यक्ष मित्रलाल बरालले सहकारीले स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई गरिएको सम्मान र सहयोगका लागि धन्यवाद दिए । सहकारी नाफामुखी हुने, सामाजिक काम भन्दा धेरै रमाईलो र विलासिताका कार्यक्रमहरुमा खर्च गर्ने परिपाटी रहेकोमा मित्र मिलनले विगतदेखी नै सामाजिक कार्यमा सक्रिय रहेको जनाउँदै यस्ता कार्यक्रमहरुको निरन्तरता हुनुपर्नेमा जोड दिए ।
बिशेष अतिथि राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका शाखा प्रबन्धक नरेश पाण्डेले ज्येष्ठ नागरीक समाज र राष्ट्रका गहना भएको बताए । मित्र मिलन सहकारी सुख दुखमा साथ दिने सहकारी रहेको उल्लेख गर्दै संस्थासँग आवद्ध भएर हातेमालो गर्दै अगाडी बढ्न सुझाए ।
आदर्श ज्येष्ठ नागरीक समितिका अध्यक्ष तथा पूर्व वडाअध्यक्ष खडानन्द बरालले ज्येष्ठ नागरिक समूहलाई आवश्यक परेका फर्निचरहरु सहयोग तथा जेष्ठ नागरीकलाई सम्मान गरिएकोमा खुसी ब्यक्त गर्दै संस्थालाई शुभकामना दिए ।
कार्यक्रममा उपभोक्ता सहकारी संघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल लगायतले मित्र मिलन सहकारीले गर्व गर्न लायक सामाजिक कार्य गरेकोमा धन्यवाद दिए ।
संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लेखा समिति सदस्य प्रतिक लामिछानेले गरेका थिए भने सञ्चालन गोपाल खनालले गरेका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया