राजनिति

लोमान्थाङमा गुरुङ र लोघेकरमा बिष्टले अध्यक्षमा उम्मेदवारी दिने पक्कापक्की

समाधान संवाददाता २०७९ वैशाख ३ गते १३:४७

उत्तरी चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङमा कांगेस र एमालेका दुई उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।लोमान्थाङ गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदमा टसी गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका तर्फबाट लोप्साङ छोम्फेल बिष्टले अध्यक्ष पदमा उम्मेदवारी दिन पक्कापक्की भएको छ ।


लोमान्थाङमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका टसी गुरुङलाई उम्मेदवार बनाउँन कांग्रेस पालिका स्तरीय कमिटीले सर्वसम्मत निर्णय गरेको उनले जानकारी दिए । नेपाली कांगेस लोमान्थाङ पालिका कमिटीले अध्यक्ष बाहेक अन्य उम्मेदवारको टुङ्गो भने लगाएको छैन । अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका गुरुङले बैशाख ८ गते भित्र पालिका कमिटीले अन्य उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिए । लोमान्थाङमा कांगेसले उम्मेदवार तय गरेपनि एमालेसहितका अन्य पार्टीले उम्मेदवार तय गर्न सकेका छैनन् ।


लोमान्थाङ गाउँपालिका वडा नम्बर २ छोसेरका अध्यक्ष पदका कांगे्रेस उम्मेदवार टसी गुरुङ छोसेर स्वाथ्य चौकीका कार्यालय सहायक हुन् । उनी अहिले ४६ वर्ष पुगे । झन्डै २६ वर्ष ७ महिना स्वास्थ्यक्षेत्रमा कार्यालय सहयोगी रुपमा रही कार्यसम्पादन गरेका गुरुङ लोमान्थाङको अध्यक्ष पदमा उम्मेदवार बन्ने भएपछि बैशाख १ गते स्वास्थ्यक्षेत्रबाट राजिनामा दिईसकेका छन् ।

Advertisement

स्वास्थ्यक्षेत्रको स्थायी नियूक्त लिदा उनले थासाङको कुञ्जो स्वास्थ्य चौकीमा कार्यरत थिए । त्यसपछि उनी छोसेर स्वास्थ्य चौकीमा सरुवा भई काम गर्दै आईरहेका थिए । आफु लोमान्थाङबाट कांग्रेसको निर्विकल्प अध्यक्षको उम्मेदवार दिने जानकारी दिए ।उनले पालिका कमिटीले आफ्नो नाम सिफारिस गरिसकेको बताए । संघीयतापछि भएको पहिलो स्थानीय तह निर्वाचनमा लोमान्थाङ गाउँपालिकामा नेपाली कांगेसले अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो ।


यस्तै ,नेकपा एमालेको पालिका स्तरीय कमिटीले लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।नेकपा एमाले लोघेकर पालिका स्तरीय कमिटीका कार्यवाहक अध्यक्ष टै ढिन्डुक ठकुरीले आफ्नो पार्टीले बिष्टलाई अध्यक्ष पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको जानकारी दिए ।

Advertisement

लोघेकर पालिका स्तरीय कमिटीले अध्यक्ष पदमा अन्य उम्मेदवारको टुङ्गो नलगाएको कार्यवाहक अध्यक्ष ठकुरीले बताए ।उनका अनुसार बैशाख ७ गते भित्र सबै उम्मेदवारको टुङ्गो लगाईने गरी आन्तरिक गृहकार्य भईरहेको उनले उल्लेख गरे ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७४ सालमा लोप्साङ छोम्फेल बिष्टले सोतन्त्र उम्मेदवारको रुपमा अध्यधिक मतले बिजयी भएका थिए । पालिका अध्यक्ष बनेपछि उनी एमालेमा प्रबेश गरेका थिए ।

एमालेबाट उम्मेदवारी दिने तयारी गरेका बिष्टको गाउँपालिकामा निकै चर्चित छन् । स्थानीय तहको ५ वर्षीय कार्यकालमा उनले पालिकाको चौतर्फी विकासमा योगदान दिएकाले उनी बढी चर्चामा छन् । हालै उनको नेतृत्वमा रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका प्राकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा ७ सय ५३ स्थानीय तह मध्ये दोश्रो स्थानमा परेको थियो ।

यस्तै, लोघेकर दामोदरकुण्ड गाउँपालिका प्रदेशकै छैटौ कम बेरुजु रहेको पालिकामा परेको थियो । उनको ५ वर्षिय कार्यकालमा बिद्युत,संञ्चार,यातायात ,पूर्वाधार,शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनी प्रगती भएको थियो । लोघेकरमा एमाले बाहेकका अन्य पार्टीले उम्मेदवार तय गर्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया