पोखराको मेयर, उपमेयरका आकांक्षीलाई नाम लेखाउन कांग्रेसको अपिल

पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेवार बन्न इच्छुकलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । समितिको सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त आह्वान गरेको हो ।
वैशाख ४ गते ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकांक्षी आफै उपस्थित भई नाम दर्ता गर्नुपर्ने नगर कार्यसमिति सचिवालयले जानकारी दिएको छ । ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउने सूचना प्रकाशन गरिएको छ,’ समितिले निकालेको सूचनामा उल्लेख छ ।
सत्तारुढ नेपाली कांग्रेस र सत्ताका अरु घटकहरुबीच पोखरासहित देशका ६ महानगरपालिकामा कुनकुनमा कुनकुन पार्टीका उम्मेदवार हुने भन्नेचाहिँ अहिलेसम्म तय भएको छैन । तर कांग्रेसले भने पोखरा महानगरपालिकाको मेयरमा आफ्नो उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएको छ । मेयर उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने दाबी गर्न कास्की कांग्रेसको टोली हालै सभापति शेरबहादुर देउवा लगायत नेता भेट्न काठमाडौं गएको थियो ।
‘गठबन्धन हुन्छ भन्दैमा कांग्रेसले आफ्नो उम्मेदवार तय नगरी बस्ने कुरा त भएन नि,’ कांग्रेस पोखरा महानगर समिति सचिव गणेशबहादुर थापाले भने, ‘कांग्रेसबाट हुने उम्मेदवार तय गर्न प्रक्रिया सुरु गरेका हौं ।’









मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया