सिमपानी तमु समाजमा स्यो कैं तथा सम्मान

पोखरा l
पोखरा १ सिमपानी स्थित सिमपानी तमु समाजले ल्होछार एवम नयाँवर्षको अवसरमा स्यो कैं, सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाजका संस्थापक अध्यक्ष क्या।धरमसिंह गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका ८४ वर्ष भन्दा माथिका जेष्ठ सदस्यहरु, समाजका सहयोगीहरु र विदेशबाट आएका व्यक्तित्वहरुलाई सम्मानपत्र, भाङ्ग्रा, क्रमु, खादाले सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङले समाजको स्थापनाको उद्धेश्य र वर्तमानको विकासक्रमलाई ध्यानमा राख्दै समाजलाई थप एकता र सिर्जनात्मक बनाउनुपर्ने बताए । विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै तमुहरुको एकता, सामुहिकताका लागि सबै सचेत हुनुपर्ने बताए । उनले युवा पुस्तालाई समाजको महत्व, शिक्षा, प्रसासन, राजनीतिक नेतृत्वतर्फ अगाडि बढाउन समाज र परिवारले भुमिका खेल्नुपर्ने बताए ।
समाजका अध्यक्ष नासु गंगाबहादुर गुरुङको अध्यक्षता र सचिव माया गुरुङको संचालनमा भएको कार्यक्रममा भिमकालीपाटन तमु समाजका अध्यक्ष भक्तबहादुर गुरुङ, सुखवती बौद्ध गुम्बाका अध्यक्ष बमबहादुर गुरुङ, तान्चोक नौजेपैगीं लामा परिवारका अध्यक्ष सुमे रामधोज गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।









२०२५ः तातो वर्ष
पशुपति मन्दिरको सभा
विद्यार्थीको दाँत जाँच
डुंगा दौड जित्नेलाई खसी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया