पोखरा ३ का अटेरी उम्मेद्वारको कार्ययोजना सार्वजनिक

पोखरा ।
पोखरा ३ का अटेरी उम्मेद्वारले चुनावी कार्ययोजना सार्वजनिक गरेका छन् । आउँदो स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र (अटेरी) उम्मेद्वारी घोषणा गरेका महेश उदासले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्र सार्वजनिक गर्दै उदासले वडाका प्राचीन सम्पदा संरक्षणमा लागि पर्ने बताए । राजनीतिक दल छाडेर स्वतन्त्र उम्मेद्वारी सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरेको उनले सुनाए । ‘सम्पदा बस्तिको सन्तान भएकाले यहाँको बस्तुस्थिति मलाई थाहा छ, यहाँको आवश्यकता र जनचाहना थाहा छ,’ उनले भने, ‘चुनाव आएपछि मात्रै जनताको घरदैलो चहार्ने नेता देखेर वाक्क भएका नागरिक नै मेरो उर्जा हुन् ।’
कार्यक्रममा वडा नम्बर ३ को वडा सदस्य पदमा दिनेश उदासले समेत अटेरी उम्मेद्वारी सार्वजनिक गरेका थिए । कार्यक्रममा अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुखमा अटेरी उम्मेद्वारी घोषणा गरेका गनेस पौडेलले सबैलाई अटेर हुन आह्वान गरेका थिए । उनले जुनसुकै दलमा आबद्ध रहे पनि पार्टी पद्धतिमा नचले अटेर गर्न सबैलाई आह्वान गरे ।
महिला संयोजक युनिका ढकालले ’महिला मुक्तिका खातिर अटेर गर्नु जरुरी भइसकेको धारणा राखिन् । कार्यक्रममा वडा नम्बर ३ बासिको बाक्लो उपस्थिति थियो । कार्यक्रम अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले सञ्चालन गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया