गोर्खा कम्युनिटीले ब्याडमिन्टन प्रतियोगिता गर्ने

पोखरा l
गोर्खा कम्युनिटी पोखराले प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता २०७९ गर्ने भएको छ । वीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा वैशाख ११ र १२ गते पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिवार सोपाल समाज भवनमा आयोजि पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
३८ देखि ५५ वर्ष, ५६ देखि माथि र अन्तर पल्टन टिम प्रतियोगिता(डबल्स र सिंगल)इभेन्टका खेलहरु हुने प्रतियोगिता संयोजक तथा गोर्खा कम्युनिटी पोखरामा संस्थापक अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराए ।
समाज विकासका लागि भूमिका रहेको गोर्खाजहरुलाई खेल मार्फत पोखरालाई योगदान पुर्याउन आयोजित प्रतियोगिताको खुला डबल्सतर्फ प्रथम हुनेले २५ हजार, द्वितीयले १५ हजार, तृतियेले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने र अन्तर पल्टन विजेता हुनेले समेत २५ हजार, द्वितीयले १५ हजार, तृतियेले १० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ५० हजार खर्च हुने र १०० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागीका लागि वैशाख ९ गतेभित्र पेन्सन पट्टाको फोटोकपी, पासपोर्ट साइजको फोटोसहित खेलाडीको नाम दर्ता गर्नुपर्ने र वैशाख १० दिनको १२ बजेभित्र पाेखरा १० बुद्धचोकस्थित गोर्खा सहकारी भवनमा खेलको टाइसिट सार्वजनिक गरिने गोर्खा कम्युनिटी पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङले जानकारी दिए ।
अध्यक्ष क्या.गुरुङले गोर्खाहरुलाई नेपाली खेलकुद क्षेत्रमा पनि ठुलो भुमिका रहेको भन्दै गोर्खाजको योगदानलाई सम्मान गर्न पत्रकार सम्मेलनमा आग्रह गरेका थिए । यसरी नै रेडियो गार्खालीकी संस्थापक अध्यक्ष सावित्री गुरुङले मिडियाले गोर्खाजहरुको गतिविधीलाई प्रचारमा कन्जुस्याइँ नगर्न अनुरोध गरे । गोर्खा कम्युनिटी पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेनको सञ्चालन नासु.बालकृष्ण सुवेदीले गरेका थिए ।
तपाईको प्रतिक्रिया