रिठेपानीबासी भन्छन्, ‘मन र मत दुबै एमालेलाई’

पोखरा ।
नेकपा एमाले पोखरा महानगरपालिका वडा २७ कमिटीले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएको छ । वडाबाट सर्वसम्मत उम्मेदवार तय गरेको एमालेले चुनावी प्रचारका क्रममा घरदैलो अभियानलाई निरन्तर बनाएको हो । घरदैलोको क्रममा शनिबार रिठेपानी क्षेत्रमा अभियानलाई केन्द्रीत गरिएको वडा इन्चार्ज एवं निर्वाचन परिचालन संयोजक गणेशराज धमलाले जानकारी दिए ।
घरदैलोका बेला अध्यक्षका उम्मेदवार सूर्यमणि लामिछानेले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताए । ‘निर्वाचनमा बोलिने र निर्वाचनपछि गरिने व्यवहारमा एमाले २७ बाट र हामी उम्मेदवारबाट फरक पाउनुहुन्न,’ मतदाताहरुसमक्ष भोट माग्दै उनले भने, ‘हजुरहरुलाई गलत आश्वासन दिन्नौं तर बोलेका र प्रतिबद्धता गरेका वाचा पूरा गरी छाड्छौं ।’
उम्मेदवार लामिछानेले निर्वाचनमा आफूसहितका उम्मेदवार मतदान गरी आगामी पाँच वर्ष सेवक हुने मौका प्रदान गर्न अनुरोध गरे । वडा २७ लाई महानगरस्तरीय मोडलमा विकास गर्न भएपनि एमालेलाई जिताउन मतदाता समक्ष उनको आग्रह छ ।
नागरिकका समस्यालाई सुन्ने र कार्यान्वयन गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने रिठेपानीबासीको भनाई थियो । ‘पाँच वर्षअघि वडामा जिताएकाले हाम्रा समस्यालाई ध्यान दिन सकेनन्,’ एक स्थानीयले भने, ‘अब आगामी पाँच वर्ष एमालेका उम्मेदवारको योजना हेर्ने हो । त्यसैले मन र मत दुबै एमालेलाई दिन्छौं ।’
वडा सदस्य उम्मेदवार प्रकाश देवकोटाले वडाबासीबाट गुनासा नआउने गरी काम गरिने सुनाए । ‘चुनावी दौरानका क्रममा पनि हामीले वडाबासीका समस्या टिपोट गरेका छौं,’ उनले मतदाताहरुमाझ भने, ‘हामीले जितिसकेपछि विविध समस्या र गुनासहरुलाई पहिचान गरी वडाबासीको भावनाअनुरुप योजना तर्जुमा गर्ने छौं ।’
स्पष्ट योजना र खाका भएको पार्टी एमाले र सूर्य चिन्हका उम्मेदवार भएकाले निर्धक्क भई मतदान गर्न एमाले नेता भुवन घिमिरेले आग्रह गरे ।
एमाले २७ बाट अध्यक्षमा सूर्यमणि लामिछाने, महिला सदस्यमा बुद्धिमाया थापामगर, दलित महिला सदस्यमा उमा परियार, खुला सदस्यमा प्रकाश देवकोटा र तारानाथ दवाडी चुनावी मैदानमा छन् । यसअघि एमालेले वडाका एकता टोल, मरेखरे, पण्डित थर, छत्रे ढुंगा, कुमाल गाउँ, गोलपाटन लगायतका क्षेत्रहरुमा घर दैलो अभियान सम्पन्न गरिसकेको छ । आइतबार आवासनगर, अर्घौचोक क्षेत्रमा अभियान सञ्चालन गरिने वडा कमिटी सचिव सुविन तिमिल्सिनाले जानकारी दिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया