स्याङ्जामा जीप दुर्घटना, ४ जना अचेत

समाधान संवाददाता २०७९ वैशाख ४ गते ११:४०

समाधान संवाददाता, पाेखरा ।

स्याङजाको वालिङमा जीप दुर्घटना भएको खबर छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन ।

इलाका प्रहरी कार्यालय वालिङका डिएसपीले दुर्घटना भएकाे जानकारी दिदै घाइते सबैलाई उपचारका लागि वालिङ अस्पतालमा पठाइएकाे जानकारी दिएका छन् ।

Advertisement

जीपमा ११ जनाले यात्रा गरेकाे र ती मध्ये ४ जनाकाे अवस्था गम्भीर रहेकेा बताइएकाे छ । दुर्घटनास्थलबाट स्थानीयले घाइतेकाे उद्दार गरेका छन् । घाइते मध्ये ४ जना अचेत अवस्थामा रहेकेा बताइएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया