हाम्रो सहयोगीमा शुभकामना

समाधान संवाददाता २०७९ वैशाख ४ गते १३:२२

पोखरा l
हाम्रो सहयोगी बचत तथा ऋण सहकारीले नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचनसँगै शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सबै सहकारीले सहकारीका सिद्धान्तलाई पूर्ण पालना गर्नुपर्नेमा जोड दिइन् ।

Advertisement


जिल्ला बचत संघ अध्यक्ष भेषराज बरालले सबै सहकारीलाई आर्थिक पार्दशिता कायम गर्दै व्यवहारमा समानता अपनाउन आग्रह गरे । सहकारीका अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, सहकारीका व्यवस्थापक जीवन अधिकारी, शिक्षा संयोजक भीम सुवेदी, कोषाध्यक्ष सिर्जन सुवेदी र सचिव कृष्णप्रसाद तिमिल्सिनाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया