पूर्वाञ्चल सेवा समाजमा बालकुमार

समाधान संवाददाता २०७९ वैशाख ४ गते १४:००

पोखरा l
पूर्वाञ्चल सेवा समाजको अध्यक्षमा बालकुमार लुइँटेल सर्वसम्मत भएका छन् । समाजको १७ औं साधारण सभा एवं १० औं अधिवेशनले लुइँटेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चुनेको हो ।

समितिको प्रथम उपाध्यक्षमा हरिप्रसाद जमरकट्टेल, द्वितीय उपाध्यक्ष चन्द्रकुमारी पराजुली, महासचिव मिलन दुलाल, सचिव हिमाल दंगाल र कोषाध्यक्ष युनिषा उप्रेती छन् । सदस्यमा राजकुमार श्रेष्ठ, अजय लामा, पूर्णबहादुर कार्की, सीता कार्की सुवेदी, कल्पना उप्रेती खत्री, रविन खतिवडा, शंकर लुइँटेल, पुरण श्रेष्ठ र सीमा गुरुङ छन् ।


नवनिर्वाचित अध्यक्ष लुइँटेलले समाजलाई पोखरामा रहेका पूर्वाञ्चलवासीको सुखदुःखको चौतारी बनाउने प्रतिवद्धता गरे ।
सभामा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिकार प्राप्तिका लागि संगठित भएर लाग्नुपर्ने बताइन् । मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा बिभिन्न संघ, संस्थाको महत्वपूर्ण भूमिका रहदै आएको उनको भनाइ छ ।

Advertisement

उपसभामुख शर्माले यस्ता संस्थाको विकासका लागि तीनै तहका सरकारको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् । पूर्वाञ्चलमा जन्म भई बिभिन्न पेशा र व्यवसायमार्पmत पोखरालाई कर्मभूमि बनाउँदै आएकोको संस्थामा राजनीति गर्न नहुनेमा उनको जोड छ । संस्थाका अध्यक्ष गोपालबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार दुर्गा भण्डारी, क्युपेक नेपालका अध्यक्ष तीर्थराज मगर, पूर्व अध्यक्ष डिबी राई, लगायतले संस्थाको महत्व र यसले खेल्दै आएको भूमिकामाथि चर्चा गरेका थिए ।
कार्यक्रममा नव वर्ष २०७९ को शुभकामना आदानप्रदानसहित भित्तेपात्रोसमेत लोकार्पण गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया