मादी प्रमुखमा कांग्रेसबाट १२ आकांक्षी

पोखरा ।
कास्कीको मादी गाउँपालिका प्रमुखमा कांग्रेसबाट १२ जना आकांक्षी देखिएका छन् । कांग्रेस जिल्ला समिति सचिव भानुभक्त ढकाल, क्षेत्रीय सचिव सरोज केसी, अर्जुन गुरुङ, बिर्जमान गुरुङ, ओमप्रकाश गुरुङ, देवीजंग गुरुङ, सागर गुरुङ, कृष्णचन्द्र बराल, यमनाथ सापकोटा, लेखबहादुर गुरुङ, प्रेम तामाङ र सूर्यमोहन सापकोटाले प्रमुख पदका लागि आकांक्षा देखाउँदै देखाएका हुन् ।
पालिका समितिले शनिबार भेला डाकेर आइतबार आकांक्षीलाई उम्मेदवारी दिन आह्वान गरेको थियो । कांग्रेस मादी गाउँपालिका सभापति यमबहादुर गुरुङका अनुसार दिउँसो ३ बजेसम्म १२ जना आकांक्षीले नाम टिपाएका छन् ।
पालिकाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न आकांक्षीहरुको नाम संकलन गरेको गुरुङले बताए । ‘नाम संकलनका लागि पार्टीभित्र नाम दर्ता गराउन आह्वान गरेका थियौं । यसमा मादी प्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ । पालिका उपप्रमुखमा निवेदन आह्वान गरेनौंैं,’ उनले भने ।
गठबन्धनका साझेदार दलबीच पनि मादी प्रमुखमा कांग्रेसकै उम्मेदवार बनाउनेबारे सहमति नजिक पुगेको उनको दाबी छ । ‘प्रमुख कांग्रेसकै उम्मेदवार हुने र उपप्रमुख माओवादी केन्द्रबाट हुने भन्ने सहमति नजिक पुगेको हुँदा नै प्रमुखको उम्मेदवार बन्न आकांक्षा राखेका साथीहरुलाई भेलामा उपस्थित हुन भनेका छौं,’ गुरुङले भने ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउने सूचना प्रकाशन गरेको थियो । मादी गाउँपालिकामा गएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट देवीजंग गुरुङ अध्यक्षका प्रत्यासी थिए । उनी नेकपा एमालेका श्याम गुरुङसँग १ हजार भोटले पराजित भएका थिए ।








बागलुङमा पिकअप जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया