उद्धारका लागि फेवा किनारमा सेट घर

पोखरा l
पोखराको फेवातालमा जलजन्य विपत उद्धारका लागि खटिएका नेपाली सेनाका जवानका लागि सेट घर बन्ने भएको छ । नेपाली सेनाले सेट घर निर्माण कार्य सुरु गरको हो । मध्य कमान्ड हेड क्वाटरका कमाण्डपति उपरथि बाबुराम श्रेष्ठले पोखरेली र पोखरा घुम्न आउने पर्यटकको आवश्यकता र चासोलाई मध्यनजर गरी सो घर निर्माण अनिवार्य भएको बताए । सेट घर रत्न मन्दिर परिसर र बाराही घाट नजिक छ ।
३२ लाख लागत अनुमान गरिए पनि नेपाली सेनाले श्रमदानले आधा रकम कम हुनेछ । घर निर्माणका लागि कुनै लिखित बजेट नभए पनि विभिन्न संघ, संस्थाले केही सहयोग गर्ने भएका छन् । जसमा होङ्सी सिमेन्टले ३ सय बोरा सिमेन्ट सहयोग गरिसकेको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगर, कास्की जिल्ला हार्डवयर एसोसियसन लगायतले सहयोगका लागि प्रतिबद्धता जनाएका छन् ।
तालमा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न नेपाली सेनाले उद्धार टोलीलाई ताल किनारमा राख्दै आएको छ । त्यस्तो टोली हालसम्म पनि पालकै भरमा छ । गत चैत ८ गते पोखरा घुम्न आएका २३ पर्यटक फेवातालमा आएको छालका कारण तालमा फसेका थिए । उनीहरुलाई नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्घार गर्न सफल भएको मध्य कमाण्डका सूचना अधिकृत प्रमुख सेनानी प्रेमप्रसाद पौडेलले बताए ।








म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया