२८ औं वार्षिकोत्सवमा बेबील्यान्डमा अफर

पोखरा l
बालबालिकाका लागि आवश्यक सामग्री बिक्री गर्दै आएको पोखरा न्युरोड र चिप्लेढुंगाको बेबील्यान्डले २८ औं वार्षिकोत्सवको अवसरमा ‘बेबील्यान्ड कार्निभल’ गरेको छ । २०७८ चैत २० गते देखि वैशाख ५ गते सम्म सञ्चालित ‘कार्निभलमा’ २५ प्रतिशत छुट दिएको थियो । सोहि अवसरमा ग्राहकलाई चकलेट, आइसक्रिम, गेम, बेलुन, फोटो सुटको व्यवस्था समेत गरीएको बेबील्यान्डका फाउन्डर प्रदीप बज्राचार्यले जानकारी दिए ।
बेबील्यान्डले मंगलबार आफ्नो स्थापना २८ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ । नेपाली युवा उद्यमी संघका अध्यक्ष सुनीलबहादुर भट्टराईको प्रमुख आथित्यतामा सोमबार बेबील्यान्डले आफ्नो स्थापनाको २८ औँ वार्षिक उत्सव मनाएको हो । नेपालको पहिलो र एकमात्र ट्रेड रजिस्टर्ड कम्पनी रहेको बज्राचार्यले जानकारी दिए । बेबील्यान्डले ग्राहकलाई शतप्रतिशत सन्तुष्टि दिँदै आएकोे उनले बताए ।
युवा उद्यमी भट्टराईले राम्रो र गुणस्तरीय सामान बिक्री गर्ने बेबील्यान्ड धेरै अभिभावकको पहिलो रोजाइ रहेको बताए । बेबील्यान्ड अन्तर्राष्ट्रिय स्तरसम्म पुगोस् भनी शुभकामना दिए ।
२०५१ सालमा ‘बच्चाहरुको खुसी नै परिवारको खुसी’ भन्ने नाराका साथ स्थापना भएको बेबील्यान्ड न्युरोड पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले सोरुम तथा काठमाडौं बालाजुमा बेबील्यान्ड अनलाइन सञ्चालनमा छन् । अनलाइनमा सपिङ गर्दा नेपालभरी निशुल्क डेलिभरीको व्यवस्था रहेको बज्राचार्यले जानकारी दिए ।
आमा बुद्धलक्ष्मी बज्राचार्य र श्रिमती रत्नभूमी बज्राचार्यले केक काटेर वार्षिकोत्सव मनाइएको थियो l








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया