पोखरामा माओवादीले छान्यो उम्मेदवार

पोखरा l
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरमा उम्मेदवार सिफारिस गरेको छ । महानगर कमिटीको सोमबार भएको पूर्ण बैठकले मेयरका लागि बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम पार्टीको प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
महानगर प्रमुखमा प्रस्तावित गुरुङ पार्टीको कास्की जिल्ला संयोजक हुन् । लामिछाने प्रदेश कमिटीका सदस्य तथा महानगरका निर्वतमान अध्यक्ष हुन् । लामिछानेले २०७४ को निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल हुने भएपछि अन्तिम घडीमा मेयरको उम्मेदवारी फिर्ता लिएका थिए ।
उपमेयरका लागि गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगर कमिटी उपाध्यक्ष भानुभक्त अधिकारीले बताए । उपमेयरका उम्मेदवार ढकाल अघिल्लो निर्वाचनमा पनि माओवादीबाट उपमेयर उम्मेदवार थिइन् । अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य त्रिपाठी पार्टी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् ।
बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पोखरा महानगरका इन्चार्ज दीपक कोइरालाले आसन्न निर्वाचनका लागि कास्कीको सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन हुन निर्देशन दिए । उनले भने, ‘पोखरा महानगरका लागि हाम्रो पार्टीले तय गरेको मापदण्डमा रहेर आज उम्मेदवार सिफारिस गरेका छौं । एक दर्जन साथीहरुले उम्मेदवारको इच्छा राखे पनि अन्तिममा सर्वसम्मत सिफारिस गरेका छौं ।’ चुनावी तालमेलका लागि गठबन्धनसँग छलफल भइरहेको पनि माओवादीले एक्लै पनि चुनावको तयारीमा रहेको उनको भनाइ छ ।
माओवादी केन्द्रले वैशाख ५ गतेभित्र देशका सबै स्थानीय तहका उम्मेदवार सिफारिसका लागि पार्टी कमिटीलाई निर्देशन दिएको थियो । कास्कीका गठबन्धनका दलबीच अझै तालमेलका लागि सिट बाँडफाँट हुन सकेको छैन ।








एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया