रुपा २ मा एमालेको चुनावी अभियान

लेखनाथ l
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पाटीले उमेदवार तय गरिसकेका ठाउँमा पार्टीहरुले चुनाव प्रचारप्रसार थालेका छन् ।
रुपा गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा नवराज ओझ र उपप्रमुखमा लालसुब्बा गुरुङलाई दोहोर्याउने निर्णयसँगै कही वडामा पनि सर्वसम्म्त रुपमा वडाअध्यक्षसहित सदस्य पदका उमेदवार चयन भएका छन् । रुपमा एमालेको घरदैलो अभियान सुरु भएको छ ।
रुप गाउँपालिकामा रहेका ७ वडामध्ये रुपा २ मा चुनावी प्रचारप्रसार अभियान चलिरहेको वडाअध्यक्षका उमेदवार राजन सुवेदीले जानकारी दिए । १ हजार २ सय ३८ मतदाता रहेको रुपा २ का लागि नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा राजन सुवेदी र सदस्यमा अनिता राना, रामबाबु सुवेदी, हिता रुपाखेती र रामचन्द्र ओझा सर्वसम्मत सिफारिस भएका छन् ।
चुनावी प्रचारप्रसारकै अभियान अन्तर्गत मंगलबार रुपा २ को थुम्की र सिर्कुतान क्षेत्रमा उम्मेदवारसहित नेकपा एमालेले घरदैलो गरेको छ । रुपा २ मा यसअघि वडाध्यक्ष काग्रेस र सदस्यहरु एमालेबाट चुनिएका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया