एमाले अन्नपूर्णबाट उम्मेद्वार सिफारिस

पोखरा l
स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका कमिटीले अध्यक्ष तथा उपाध्यक्षका लागि ४÷४ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।
पार्टीको जिल्ला कमिटी कास्कीले सर्वसम्मत हुन नसकेका सबै पदमा १ महिलासहित ३ जनाको नाम सिफारिस गर्न परिपत्र गरेको भए पनि कमिटीले थप १÷१ जनाको नाम सिफारिस गरेको हो । पालिका अध्यक्षका लागि गण्डकी प्रदेश कमिटी सदस्य विष्णु केसी, जिल्ला कमिटी कास्की सचिवालय सदस्य सुरेन्द्र गुरुङ, जिल्ला कमिटी सदस्य तथा पालिका उपाध्यक्ष सगुन गुरुङ र पार्टीका गाउँ पालिका कमिटी अध्यक्ष विवेक देवकोटाको नाम सिफारिस भएको छ ।
अध्यक्षमा भरतमान गुरुङ, विवेक देवकोटा, गौरी सुवेदी, रमेश भण्डारी, सोमनाथ पौडेल, हरिकृष्ण भट्टराई, चन्द्रबहादुर गुरुङ र हरि शर्माले दाबी गरेका थिए । उपाध्यक्षमा चन्द्रकला अधिकारी, कमला केसी, लक्ष्मी सुवेदी अधिकारी र लीला अधिकारी सिफारिस भएका छन् । पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा सहजीकरण समिति संयोजक पुण्यप्रसाद पौडेलले सबै आकांक्षीको सहमतिमा अध्यक्ष र उपाध्यक्षमा नाम सिफारिस गरेको बताए ।
उनले दुबै पदमा सर्वसम्मत रुपमा १÷१ जनामा सहमति जुट्न नसकेको जानकारी दिए । उनले पार्टीका सर्कुलर अनुसार १ महिलासहित ३ जनासमेत बनाउन नसकेको उल्लेख गरे । पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा सहजीकरण समिति संयोजक पदमप्रसाद पौडेलले मादी गाउँपालिकाबाट अध्यक्ष तथा उपाध्यक्षका सबै आकांक्षीको नाम जस्ताको तस्तै पठाएको जानकारी दिए । उनले सर्वसम्मत र तोकिएको मापदण्ड अनुसार १ महिलासहित ३ जनाको लागि सहमति जुट्न नसके पनि सबै आकांक्षीसँग सामूहिक र छुट्टाछुट्टै कुराकानी गरेर नामावली पठाएको बताए ।
मादीमा अध्यक्षका लागि विष्णुमाया पौडेल आचार्य, बालकृष्ण गुरुङ, बुद्धिसागर सापकोटा, शिव गुरुङ (महेन्द्र), पसबहादुर बास्तोला (श्याम) जसबहादुर गुरुङ र सुदीप सापकोटाको दाबी छ । उपाध्यक्षका लागि निर्मला सुवेदी, प्रतीक्षा पौडेल, राजु अधिकारी, सिर्जना अर्याल र कल्पना गुरुङको नाम सिफारिस भएको छ ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया