५४ युनिट रगत संकलन

पोखरा l
युनाइटेड क्लबले मंगलबार आयोजना गरेको रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ । क्लबले १२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको साताप्यापी कार्यक्रम अन्तर्गत रक्तदान भएको हो ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १० सभापति सम्मरबहादुर श्रेष्ठले पहिलो रक्तदाता गणेश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे । श्रेष्ठले युनाइटेड क्लबले सामाजिक काममार्फत आफूलाई अब्बल साबित गरेको बताए ।
रक्तसञ्चार केन्द्रका प्राविधिक महेन्द्र केसीले खेर जाने रगतलाई हरेक ३ महिनामा दान गरी मानिसको जीवन बचाउन सकिने बताए । क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिव दिनेश सुनार, रक्तदान कार्यक्रम संयोजक जयराम आचार्य र महासचिव शान्ताबहादुर थापाले बोलेका थिए ।
क्लबले वार्षिकोत्सवमा पहिलो दिन वैशाख १ गते पोखरा १८ मा रहेको बाल सुधार गृहमा खाद्यान्न वितरण, दोस्रो दिन वैशाख २ गते रामेश्वरी माविमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण र वैशाख ३ गते तेस्रो दिन सेती खोंच एक पर्यटकीय गन्तव्य विषयक अन्तरक्रिया आयोजना गरेको थियो । चौथो दिन सिद्ध माविमा अध्ययनरत विद्यार्थीलाई साइबर क्राइमसम्बन्धी सचेतना र पँचौ दिन मौला इस्लामिक मदरसा आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको थियो ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया