डेन्डल हाइजिनिस्टको भित्तेपात्रो

समाधान संवाददाता २०७९ वैशाख ७ गते १२:५१

पोखरा l
नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन गण्डकी प्रदेश कमिटीले भित्तेपात्रो प्रकाशन गरेको छ । नयाँ वर्ष ०७९ को शुभकामना आदानप्रदानसमेत भएको कार्यक्रममा संस्थाका केन्द्रीय सचिव एवं प्रवक्ता सरोज अधिकारीले भित्तेपात्रो लोकार्पण गरे ।
सचिव अधिकारीले अबका दिनमा आफ्नो हक, अधिकारप्रति एसोसियसन गम्भीर भएरअघि बढ्ने बताए । उनले डेन्टल हाइजिनिस्टहरुले दान्त तथा मुख रोगको उपचारका लागि ठूलो योगदान दिइरहेको जनाए ।

Advertisement


एसोसिएसन गण्डकी अध्यक्ष युवराज पौडेलले संस्था डेन्टल हाइजिनिस्टहरुको अधिकारका लागि योजनावद्ध रुपमा लागिरहेको बताए । उनले हरेक स्वास्थ्य संस्थामा मुख स्वास्थ्यका कार्यक्रम र डेन्टल हाइजिनिस्टको दरबन्दी कायम गर्न पहल गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया