सहारा एकेडेमीलाई सहयोग

समाधान संवाददाता २०७९ वैशाख ७ गते १३:४१

पोखरा l
एनआरएनएले सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा १ लाखका रुपैयाँ स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

पोखरा १७ दोबिल्लास्थित एकेडेमीमा एनआरएनए अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष अमृता थापा र पूर्व कोषाध्यक्ष प्रकाश पुनले ९ हजार थान मास्क र ५० थान कोभिड किट्स गरी १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका हुन् । सहारा क्लब हङकङका पूर्व सल्लाहकारसमेत रहेका टीकाबाट यसअघि पनि क्लबमा निरन्तर सहयोग भइरहेको छ ।
सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा सुनील रानामगरले पनि बोलेका थिए । फुटबलमार्फत सामाजिक सेवामा अग्रसर मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब पोखराले चलाएको एकेडेमीमा हाल कठिन परिस्थिति एवं विपन्न वर्गका २६ बालक आश्रित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया