बागलुङमा प्रहरीका सई ३८ हजार घुससहित पक्राउ

पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) लाई २८ हजार रुपैयाँसहित पक्राउ गरेको छ । गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई आयोगको पोखराबाट खटिएको टोलीले मंगलबार घुससहित पक्राउ गरेको हो ।
उनले लेनदेनको विवाद मिलाइ दिन्दु भन्दै सेवाग्राहीसँग ३८ हजार घुस मागेको खुलेको छ । घुस लिएको रकमसहित महतोलाई बागलुङस्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरिएको थियो । महतोमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियार पोखराका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए । अख्तियार पोखरा प्रमुख पार्वती पाण्डेले भ्रष्टाचार नियन्त्रणका लागि पत्रकारहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताइन् ।
………..
अख्तियार पोखरा प्रमुख पार्वत पाण्डे र सूचना अधिकारी देवीप्रसाद थपलिया । तस्बिर : समाधान
तपाईको प्रतिक्रिया