पोखरा १७ मा कांग्रेसबाट अध्यक्षमा आचार्य सर्वसम्मत सिफारिस
समाधान संवाददाता
२०७९ वैशाख ७ गते १७:११

पोखरा l
वैशाख ३० गते हुने स्थानीय चुनावमा नेपाली कांग्रेस पोखरा १७ ले वडा अध्यक्ष पदमा देवराज आचार्य उम्मेदवारमा सर्वम्मत सिफारिस भएका छन् । आचार्य नेपाली कांग्रेस पोखरा महानगर १७ का सभापति समेत हुन् । वडा सदस्यको भने टुंगो लागिनसकेको उनले बताए ।
२÷३ दिनभित्र टुंगो लाग्ने उनले जानकारी दिए । गठबन्धनका दलहरुसँग पनि सरसल्लाह गर्नुपर्ने भएकाले सदस्यहरुको टुंगो पछि लगाइने उनले सुनाए । आफू वडाध्यक्ष भए सुशासन कायम गर्ने, वडाबासीलाई चुस्त सेवा प्रदान गर्ने आचार्यले बताएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया