मुस्ताङको थासाङमा अध्यक्ष पदका लागि एमाले आकांक्षीबीच मतदान हुँदै

सुन्दरकुमार थकाली २०७९ वैशाख ७ गते १७:५२

जोमसोम—बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनका लागि थासाङमा नेकपा एमालेका दुई आकांक्षीबीच सहमती नजुटेपछि अहिले मतदान प्रक्रिया अघि बढाईएको छ ।एमाले पालिका कमिटी सयोजक समेत रहेका थासाङ—४ घाँसाका नविन भट्टचन र थासाङ—३ लेतेका प्रदिप गौचनबीच अध्यक्ष चयनका लागि मतदानको अन्तिम बिकल्प खोजिएको हो ।
एमाले थासाङ पालिका कमिटीमा १३ जनाको सचिवालय छ । १३ जना सचिवालय मध्ये एक जना अध्यक्षका आकांक्षी नविन भट्टचन सचिवालय सदस्य रहेकाले १२ जनाले मात्र अध्यक्ष उम्मेदवार चयनका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।थासाङ गाउँपालिका कमिटीको कार्यालयमा अहिले मतदान सुरु भएको एमाले थासाङ पालिका कमिटी अध्यक्ष नविन भट्टचनले जानकारी दिए ।
संघीयतापछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा एमालेका उम्मेदवार नविक भट्टचन नेपाली कांगे्रसका बुद्धिप्रसाद शेरचनसंग ५९ मतले पराजित भएका थिए । त्यससमय कांग्रेसका बुद्धिप्रसाद शेरचनले ७२८ मतले बिजयी हुँदा भट्टचनले ६६९ मत प्राप्त गरेका थिए ।
आसन्न स्थानीय तह निर्वाचनमा थासाङमा एमालेबाट एक मात्र महिला आकांक्षी रहेको जनाईएको छ । थासाङको उपाध्यक्ष पदमा थासाङ—१ टुकुचेकी सुनिता शेर्पाको मात्र उम्मेदवारी परेको एमाले जिल्ला कमिटी सदस्य विशाल शेरचनले जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया