शुक्रराज बलभद्रका पूर्व प्रअ कार्की रहेनन्

समाधान संवाददाता २०७९ वैशाख ७ गते १८:४०

पोखरा ।
शुक्रराज बलभद्र माध्यमिक विद्यायलका पूर्व प्रध्यानध्यापक पदमबहादुर कार्कीको निधन भएको छ । कार्कीको आइतबार फिस्टेल अस्पतालमा मृत्यु भएको हो । ७० वर्षीय कार्की अलमाइजर, पार्किन्सस र निमोनियामबाट पीडित थिए ।

Advertisement


पोखरा १४ राधाकृष्ण टोल मझेरीपाटन निवासी कार्की कबाडीका अन्तर्राष्ट्रिय रेफ्री हुन् । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय कबाडीको रेफ्रीका रुपमा महत्वपूर्ण याग्दान पुर्‍याएका थिए । कार्कीले शुक्रराज बलभद्र उच्च माध्यमिक विद्यालयमा ३५ वर्ष कार्यरत भएर शिक्षण पेशा गरेकोे एमाले पोखरा महानगरपालिका १४ का वडाध्यक्ष बटुकृष्ण (कृष्ण) कुँवरले जानकारी दिए । कुँबर शुक्रराज बलभद्रका पूर्व सहायक प्रध्यानध्यापक पनि हुन् ।


पोखरा १४ मझेरीपाटनमा हुँर्के बढेका उनी शुक्रराज बलभद्रमा १५ वर्ष समय प्रध्यानध्यापक भएर काम गरेको अध्यक्ष कुँबरले जानकारी दिए । स्थानीय सामाजिक संघसंस्थामा काकी क्रियाशील भएर काम गर्दै आएको कुँबरले सुनाए । कार्कीका श्रीमती, २ छोरा छन् । कार्कीको सोमबार सेती नदिमा दांहासस्कार गरिएको स्थानीय यूवा पृथ्वी कुँवरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया