एमाले पोखरा १४ को क्षेत्र नम्बर ५ मा सम्पर्क कार्यालय स्थापना

पाेखरा ।
एमाले पोखरा १४ मा स्थानीय तह निर्वाचन परिचालन कमिटीलेले प्रचार–प्रचारको काम तिब्र पारेको छ । कमिटीले बुधबार वडाको क्षेत्र नम्बर ५ मा सम्पर्क कार्यालय स्थापना गरेर अन्तक्र्रिया सम्पन्न गरेको निर्वाचन परिचालन कमिटीका सह–संयोजक माओ थापाले बताए ।
स्थानीय चुनावलाई लक्ष्ति गरेर वडालाई ८ वटा क्षेत्रमा विभाजित गरेको छ । यसअघि नै कमिटीले १ र २ क्षेत्रमा कार्यकर्ता भेला साथै अन्तक्र्रिया सम्पन्न गरिसकेको एमाले पोखरा १४ का वडा अध्यक्ष बटुकृष्ण कुँवर (कृष्णा)ले बताए । निर्वाचन कमिटीले वडामा प्रचार–प्रचारको साथै कार्यकर्ताका माझमा पुगेर जनस्तरका गुनासा सुन्ने काम गरिरहेको अध्यक्ष कुँबरले बताए ।
वडामा जिल्ला कमिटी सदस्य एवं वडा इन्जार्ज बलबहादुर सेन्चुरीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको छ । चुनावी गतिविधिलाई योजनावद्ध रुपमा प्रचार–प्रचार र कार्यकर्ता भेला गरिरहेको उनले जानकारी दिए ।
क्षेत्र नम्बर ५ का संयोजक हेमचन्द्र मुडभरीको अध्यक्षतामा सम्पर्क कार्यालय स्थापना भएको हो । कार्यालयको ट्रेड यूनियन गण्डकी प्रदेश सदस्य रुद्र खत्रीले उदघाटन गरेका हुन् । कार्यक्रममा सह–संयोजक थापा, वुद्धिजीवी परिषद्का सदस्य श्रीधर रानाभाटले बोलेका थिए । वैशाख ३० गते हुने स्थानीय चुनावमा वडाबाट पार्टीको वस्तुस्थितिबारे रानाभाटले जानकारी गराएका थिए । अन्तक्र्रिया कार्यक्रमको सञ्चालन कृष्ण विकले गरेको थिए ।
एमाले पोखरा १४ वटा वडाध्यक्षका लागि ३ जना सिफारिस भएका छन् । जसमा कृष्ण कुँवर (बटुकृष्ण), क्याप्टेन डेलबहादुर गुरुङ र नन्दकला नेपाली छन् । कृष्ण कुँवर एमाले १४ अध्यक्षसमेत हुन् । ०७४ को निर्वाचनमा पोखरा १४ मा वडाध्यक्षसहित सबै पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।
दलित महिलातर्फ ३ जना, खुला महिलातर्फ ३ जना र खुलातर्फ ६ जनाको नाम सिफारिस गरिएको छ । वडामा दलित तर्फबाट १, खुला महिला तर्फबाट १ र खुला तर्फबाट २ जना उम्मेदवार हुन्छन् । आन्तरिक निर्वाचनबाट दलित सदस्यतर्फ माया विक, शोभा विक र सृृजना सुनार सिफारिस भएका छन् । खुलातर्फ सदस्यमा गोपाल सापकोटा, जितेन्द्रजंग थापा, ढोलबहादुर गुरुङ, मानबहादुर भुजेल, यमबहादुर शाही र रामप्रसाद खतिवडा सिफारिस भएका छन् । खुला महिलातर्फ सुनमाया आले, यशोदा केसी भट्टराई र सरिता बास्तोला छन् ।
स्थानीय चुनावका लागि आर्थिक विभाग, प्रचारप्रचार विभाग र ८ वटा विभाग गठन गरेको छ । आर्थिक विभाग संयोजकमा क्याप्टेन डेलबहादुर गुरुङ र प्रचारप्रचार विभागको संयोजक पृथ्वी कुँवर छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया