इन्डलेस कम्बो प्याक
काठमाडौं l
नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु ल्याएको छ ।
यो योजना वैशाख ५ बाट सञ्चालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने २ आकर्षक प्याक उपयोग गर्न सक्छन् ।
डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १ सय एमबी डेटा र २ सय मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन् ।
बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक मात्र रु २५ मा सुचारु गर्न सक्छन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ एस्ट्रिक्स ६ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन् ।
सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्घता अनुरुप एनसेलले यी आकर्षक कम्बो प्याकहरु ल्याएको हो । यो योजना अन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया