एमाले पोखरा ५ मा ११ सय १५ जनाको निर्वाचन परिचालन कमिटी गठन

समाधान संवाददाता २०७९ वैशाख ८ गते १५:४३

पोखरा ।

Advertisement

बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) पोखरा महानगर वडा नम्बर ५ मा १ हजार १ सय १५ जनाको निर्वाचन परिचालन कमिटी गठन भएको छ । आज बिहीबार नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर ५ को निर्वाचन परीचालन कमीटीको सम्पर्क कार्यालयमा भएको भेलाले एमाले वडा कमिटी ५ की उपाध्यक्ष गायत्री भुत्र्यालको संयोजकत्वमा १ हजार १ सय १५ जनाको निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

उक्त भेलाले बैशाख ३० गतेको स्थानीय चुनावलाई लक्षित गरी विभिन्न उपसमिति समेत गठन गरेको छ । जसमा विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा आर्थिक, लक्ष्मण बरालको संयोजकत्वमा प्रचारप्रसार तथा आईटी, सन्तोष थापाको संयोजकत्वमा युवा तथा स्वयंसेवक परिचालन, धनन्जय अधिकारीको संयोजकत्वमा मत सर्वेक्षण, धनबहादुर नेपालीको संयोजकत्वमा प्रतिवद्धता पत्र तयारी, बुद्धिसागर खनालको संयोजकत्वमा साँस्कृतिक, आशमाया विकको संयोजकत्वमा उत्पीडित क्षेत्र परिचालन, अञ्जली खत्रीको नेतृत्वमा महिला परिचालन, टेकराज तिमिल्सिनाको संयोजकत्वमा मतदाता खोजी तथा पहिचान, बसन्तराज कोइरालाको संयोजकत्वमा अनुगमन उपसमिति गठन भएको छ ।

यस अघिको स्थानीय तहको निर्वाचनमा वडा नं. ५ मा एमालेबाट उम्मेदवार बनेका वडा अध्यक्षसहित ४ सदस्यलाई नै वडावासीले निर्वाचित गरेका थिए । जसमा एमालेका धनबहादुर नेपाली वडाध्यक्षमा विजयी भएका थिए । नेपालीले १७ सय ६८ मत ल्याउँदा काङ्ग्रेसले १२ सय ४६ मत र माओवादी केन्द्रले १ सय ६ मत प्राप्त गरेको थियो ।

यसअघिको निर्वाचनमा वडामा ४ हजार ३ सय ८ जना मतदाता थिएभने अहिले ५ हजार ८८ जना मतदाता रहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया