देशभक्तलाई उपाधि

समाधान संवाददाता २०७९ वैशाख ८ गते १६:२१

पोखरा l
कवि देशभक्त सिंह कुँवरलाई साहित्यिक राष्ट्रनायक उपाधिबाट सम्मान गरिएको छ । चितवनको ग्रान्ड मल्टी इन्टरटेनमेन्ट हाउस प्रालि, भरतपुरले उनलाई एक समारोह आयोजना गरी सो उपाधिबाट सम्मान गरेको हो ।

छोटो बसाइँमै साहित्य र संगीतका सिर्जना जति पनि सिर्जित गर्न सक्ने उनको क्षमताको कदर गर्दै उनलाई सो उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ । बहुआयामिक प्रतिभाका धनी कुँवर गायन, संगीत, साहित्य, सञ्चार लगायत विविध विधामा सक्रिय छन् ।

मेघा एफएमका प्रबन्ध निर्देशक स्रष्टा कुँवर सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया, कुँवर राणा गार्डेन सोसाइटी, सिर्जनशीनल साहित्य परिवारमा हाल अध्यक्ष छन् । २०४८ सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गायन प्रस्तुतसँगै सांगीतिक तथा साहित्यिक क्षेत्रमा हात हालेका कुँवरले गिनिज बुक वल्र्ड द रेकर्डमा समेत नाम लेखाएका छन् ।

Advertisement

उनले साहित्यकार, नायक, गायक, संगीतकार, गीतकार, निर्देशक, मोडल, सञ्चार उद्यमीको परिचय बनाएका छन् । कला, साहित्य र संगीत क्षेत्रमा पोखरामा क्रियाशील संघसंस्थाले पोखरा १४ निवासी कुँवरलाई ५ वर्ष अघि अलौकिक कविको उपाधि दिएका थिए । उनका हालसम्म साहित्यका दर्जनौं कृति प्रकाशनमा छन् भने २ सय ५० गीतमा स्वर तथा संगीत दिएका छन् । साथै १ सय बढी कृति प्रकाशोन्मुख छन् ।

Advertisement

तपाईको प्रतिक्रिया