शिक्षा

मुस्ताङमा १ सय ८० बिद्यार्थीले ( एसईई ) दिने

समाधान संवाददाता २०७९ वैशाख ८ गते १६:१४

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसर्ईई )दिने बिद्यार्थीको सख्या हालसम्मकै बढी भएको जनाईएको छ ।मुस्ताङमा यसवर्ष १ सय ८० जना बिद्यार्थीले एसईई परीक्षा दिने केन्द्राध्क्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।

यसवर्ष मुस्ताङको थासाङ गाउँपालिकामा निजीक्षेत्रको एक बुद्धिस विद्यालय थपिएसंगै एसईई दिने बिद्यार्थीको संख्या बढेको जनाईएको छ ।मुस्ताङको थासाङमा एक निजी सहित ४ बिद्यालय ,घरपझोङमा एक निजीसहित ४ बिद्यालय र वारागुङ मुक्तिक्षेत्रमा एक बिद्यालय र लोमान्थाङमा एक बिद्यालय गरी जिल्लाका ९ बिद्यालयले आफ्ना बिद्यार्थी एसईई परीक्षमा सहभागी गराउने केन्द्राध्यक्ष अधिकारीले बताए ।

परीक्षाका लागि सबै बिद्यालयका एसईई दिने बिद्यार्थी जोमसोम आईपुगेका छन् । भोली शुक्रबार देखि हुँने एसईई परीक्षामा साधारणतर्फ १ सय ४५ जना,प्राविधिक धारतर्फ २५ जना र खुलातर्फ १० जना बिद्यार्थीले सहभागी हुँने भएका छन् ।जिल्लाको ज्ञानोदय मावि लेतेबाट २७ जना,जनआदर्श अमरसिंह मावि प्राविधिक धारतर्फ ९ जना,योगेन्द्र माध्यमिकबाट १४ ,नालान्दा बुद्धिस स्कुलबाट १५ जना,जनवाल माविबाट ८ जना,जनहित माविबाट साधारणतर्फ ३० ,प्राविधिक धारतर्फ १६ र खुलातर्फ १० ,धौलागिरि बोडिङ स्कुलबाट ३३ ,जनशान्ति माविबाट ७ जना र दिव्यदीप माविबाट ११ जना बिद्यार्थीले एसईई परीक्षा दिने केन्द्राध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।

Advertisement

एक मात्र एसईई परीक्षा केन्द्र रहेको जनहित मावि जोमसोममा परीक्षा संञ्चालन हुने छ । परीक्षाका लागि सबै तयारी पुरा भएको केन्द्राध्यक्ष अधिकारीले उल्लेख गरे । एसईई परीक्षाका लागि मुस्ताङमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष समान १÷१ जना ,निरीक्षक ९ जना र ७ देखि १५ जना सुरक्षाकर्मी खटिने उनले बताए ।

यसैवर्षदेखि लेडर ग्रेडिङ निर्देशिका बमोजिम पहिलो सशोधन अनुसार कुल पूर्णाङ्कको ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने प्रावधान लागु गरिएको जनाईएको छ । यसपटक डि प्लसको गे्रड हटाईएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया