सिलाइ तालिम सुरु

समाधान संवाददाता २०७९ वैशाख ८ गते १६:१९

पोखरा l
महिलालाई स्वरोजगार बनाउन बुधबारबाट पोखरामा ३ सय ८० घण्टे सहायक सिलाइ तालिम सुरु भएको छ । तालिममा २० महिला सहभागी छन् ।

Advertisement

गण्डकी बहुप्राविधिक शिक्षालयले पोखरा उद्योग वािणज्य संघ र बुटिक एसोसियसन कास्कीसँगको समन्वयमा तालिम आयोजना गरेको हो । तालिमको सुरुवात गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले स्वरोजगार हुनु आत्मनिर्भर हुनुमात्र नभएर अरुलाई रोजगारी दिने सम्भावनाको सुरुवात भएको बताए ।

पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले व्यवसायीले करबापत् तिरेको पैसालाई महानगरले तालिममा खर्च गर्दै रोजगार सिर्जना गर्न लागेको बताए । उनले शिक्षालयले हालसम्म तालिम दिएका २ सय २० जनामध्ये १ सय ८० जनाले रोजगारी पाएको दाबी गरे ।

नले तालिममा बच्चाको भोटोदेखि १५ थरीका कपडा सिलाउन सिकाइने जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघकी महिला उद्यमी विकास उपसमिति संयोजक कुमारी मुना बास्तोलाले महिला उद्यमशीलता विकासमा तालिम फलदायी हुने विश्वास व्यक्त गरिन् ।

बुटिक एसोसियसन कास्की अध्यक्ष शान्ति श्रीसको अध्यक्षतामा भएको कार्यक्रममसचिव स्वेता भट्टराईले पनि बोलेकी थिइन् । तालिममा गण्डकी बहुप्राविधिक विश्वविद्यालयकी मञ्जु देवकोटाले प्रशिक्षण दिने छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया