पोखरा २८ मा एमालेबाट बैनबहादुर गुरुङ सर्वसम्मत सिफारिस

समाधान संवाददाता २०७९ वैशाख ८ गते २१:२२

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २८ मा नेकपा एमालेले बैनबहादुर गुरुङलाई वडाध्यक्षमा सर्वसम्मत सफारिस गरेको छ । वडाकमिटीको मंगलबार बसेको बैठकले गुरुङलाई सर्वसम्मत वडाध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको पोखरा २८ का एमाले अध्यक्ष रामकृष्ण तिवारीले जानकारी दिए ।


खुला सदस्यमा विरेन्द्र भण्डारी र प्रकाश दवाडीको नाम सिफारिस भएको छ । महिला सदस्यमा राधिका पौडेल, दलित महिला सदस्यमा सरु विश्वकर्मालाई उम्मेदवार बनाउन वडाकमिटीको बैठकले सिफारिस गरेको हो । यसअघि २०७४ को निर्वाचनमा पोखरा २८ मा वडाध्यक्षसहित सबै सदस्यमा एमालेले जितेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया