दीपेन्द्रको ‘मनमोहक पोखरा’ सार्वजनिक (भिडिओसहित)

समाधान संवाददाता २०७९ वैशाख ९ गते १५:१३

पोखरा ।
लामो समयदेखि जापानमा बस्दै आएका दीपेन्द्र अधिकारीको ‘मनमोहक पोखरा’ गीत आज सार्वजनिक भएको छ ।

पोखराको प्रकृतिकप्रति मोहित अधिकारीले शुक्रबार नेपाली समय ३ बजे गीत सार्वजनिक गरेका हुन् । ‘लामो समय म पोखरा बसें । त्यहाँको प्रकृतिक सुन्दरताले मलाई मोहित नै बनायो । मेरो मनको भावनाहरलाई गीत मार्फत व्यक्त गरेको छु,’ अधिकारीले भने ।

वसन्त सापकोटाको संगीत, साहस शाक्यको संगीत संयोजन र स्वरुपराज आचार्यको स्वरमा सजिएको अधिकारीको गीत पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अधिकारीको अपेक्षा छ । ‘प्रकृतिले बरदान दिएको सुन्दर पोखरा नगरी साच्चिकै मनमोहक छ । विदेशमा रहेर नेपालीलाई नेपालप्रतिको माया र महत्व गीतले दर्शउन लागेको अधिकारी सुनाउँछन् ।

Advertisement


सिद्धहस्त संगीतकारको धुनमा सिद्धहस्त गायकको स्वरलाई भिडियोमार्फत अभिव्यक्ति निशान घिमिरेले निर्देशन र सम्पादनको जिम्मा लिएका छन् भने उत्तम हुमागाईंको छायांकन तथा प्रकाश सुवेदीले सिर्जनात्मक निर्देशन गरेका हुन् । डिए क्रिएशनले सार्वजनिक गर्न लागेको गीतमा माओत्से गुरुङ, नम्रता सापकोटा, महेश खड्का लगायतका कलाकारहरुले कुशल अभिनयमार्फत साथ दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया