लोघेकर गापा अध्यक्ष बिष्टले दिए पदबाट राजिनामा

समाधान संवाददाता २०७९ वैशाख ९ गते १७:४४

जोमसोम—

हिमाली जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले शुक्रबार पदबाट राजिनामा दिएका छन् । यही बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्ने पक्कापक्की भएपछि उनले गाउँपालिकाको कार्यालयमा पुगेर राजिनामा दिएका हुन् ।
आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँन चाहने व्यक्तिले स्थानीय तह निर्वाचन २०७९ को आचार सहिंताको पालना गर्न पदबाट राजिनामा दिनुपर्ने हुन्छ । स्थानीय तहमा आफुले प्राप्त गरेको सेवा सुविधा समेत पालिकालाई हस्तान्तरण गर्नुपर्ने निर्वाचन आचार सहिंतामा उल्लेख छ । स्थानीय तहको निर्वाचन मनोनयपत्र बुझाउने समय दुई बाँकी रहँदा गाउँपालिका अध्यक्ष बिष्टले पदबाट राजिनामा दिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले पुष्टि गरे ।
आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले पालिका उपाध्यक्ष ढोका गुरुङ समक्ष राजिनामा पेश गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले उल्लेख गरे । गापा अध्यक्ष बिष्टको राजिनामा गाउँपालिकाकी उपाध्यक्ष ढोका गुरुङले स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।
यसका साथै गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले प्रयोग गर्दैआईरहेको बोलेरो जीपको साँचो र आफुले प्रयोग गरेको मोवाईल सीमकार्ड पालिकालाई हस्तान्तरण गरेका छन् । उनले पेश गरेको राजिनामा पत्रमा आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन आफु ईच्छुक रहेकाले आजैको मितिबाट लागु हुँने गरी स्वेच्छ्याले राजिनामा पेश गरेको उल्लेख गरेको जनाएका छन् ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकामा राजिनामा बुझाएका अध्यक्ष बिष्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा सोतन्त्र उम्मेदवारको रुपमा अध्यक्षको रुपमा निर्वाचित भएका थिए । उनी त्यसपछि नेकपा एमालेमा प्रबेश गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया