उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि बिष्टले तयार गरे एमालेको साझा प्रतिवद्धता—पत्र

समाधान संवाददाता २०७९ वैशाख १० गते १३:०३
ईन्द्र धारा बिष्ट ,सदस्य प्रदेश कमिटी नेपाल कम्युनिष्ट पार्टी एमाले

३० बैशाखमा हुँने स्थानीय तह निर्वाचन २०७९ का लागि नेकपा एमाले उपल्लो मुस्ताङले दुई पालिकालाई समेट्ने गरी साझा प्रतिवद्धता—पत्र सार्वजनिक गरेको छ । एमाले गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्टले उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि ३ शिर्षकमा रहेर साझा प्रतिवद्धता—पत्र तयार गरेका हुन् । उनले तयार पारेको साझा प्रतिवद्धता—पत्र उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई समेट्ने गरी पहिलो ,दोश्रो र पञ्चवर्षीय रणनीति अनुसार चुनावी प्रतिवद्धता—पत्र तयार गरेका हुन् ।उनले तयार पारेको प्रतिवद्धता—पत्रको ब्रोसर समेत सार्वजनिक गरिएको छ ।
उपल्लो मुस्ताङको प्रतिवद्धता—पत्र यस्तो छ ः
पृष्ठभूमी ः
फरक प्रकारको विशिष्ट भौगोलिक अवस्थिति, पृथक सामाजिक सरचना, विविधतापूर्ण रितिरिवाज मुस्ताङको प्रमुख परिचय यसैभित्र मात्रै सीमित छैन । विकासका हिसावले निकै विकट, शिक्षा, स्वास्थ्य, खानेपानी र विजुली जस्ता पूर्वाधार भर्खरै जिल्ला छिरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था देशमा आएपछि मुस्ताङ अविकसितबाट विस्तारै विकासशील जिल्लाको रुपमा स्तरोन्नती हुँदैछ । अझै माथिल्लो मुस्ताङको परिवेश निकै दयनीय छ । कष्टपूर्ण विगत, औसत वर्तमान र आशालाग्दो भविष्यलाई साँक्षी राखेर हामी र हाम्रो पालिका लोकतन्त्रको माध्यमबाट मुस्ताङको विकासमा जुटेका छौं । हाम्रा लागि चुनाव गौण हो, हाम्रो समुदाय र एकता सबैभन्दा प्रमुख बिषय हो । राजनितिक विकासको आधारशीलता हो र राजनितिक पार्टीहरु विकास प्राप्तीका साधन मात्रै हुन् ,साध्य होईनन् ।
हामी जो जुनसुकै पार्टीमा आवद्ध भएपनि हाम्रो एउटै उद्देश्य मुस्ताङको विकास र उन्नती हो भन्ने कुरामा हामी दृढ छौं । यिनै विशिष्ट परिस्थितिबाट नेकपा एमालेले मुस्ताङ विकासको खाका कोरेको छ । समग्र राष्ट्र उत्थानको जिम्मेवारी काँधमा लिएर जनताको आशा र भरोसा बटुल्दै एमाले जुन रफ्तारमा हिडिरहेको छ, हामीलाई लाग्छः अब दुखका दिन धेरै रहने छैनन् । हाम्रो समृद्धी धेरै टाढा छैन । त्यसैले हामीलाई गर्व छ, एमालेको सदस्य हुनुमा । गाउँदेखि केन्द्रसम्म एमाले सरकार स्थापनाका लागि अब ढिलो नगरौं । आउनुहोस्, गाउँपालिकालाई समृद्ध बनाउन आजै हातेमालो गरौं । सन्तानको भविष्य सम्झेर, आफ्ना दुखका दिन सम्झेर, सूर्य चिन्हमा मतदान गरौं, एमालेका उम्मेदवारहरुलाई विजयी गराऔं ।
हामीले उपल्लो मुस्ताङको विकास र समृद्धी र विकासलाई तीन तहमा विभाजन गरेका छौं । जसले तत्काल, अल्पकालीन र दीर्घकालीन योजना पूरा गर्ने खाँकाको रुपमा प्रस्तुत गरेका छौं । तत्काल भन्नाले पहिलो १ वर्षमा पूरा गर्न सकिने कार्यक्रम दोश्रो अल्पकालीन योजनाभित्र २ वर्षमा पूरा गर्ने कामहरु समेटिएका छन् । तेश्रो ५ वर्षको कार्यकालभित्र पूरा गर्ने गरी हामीले दीर्घकालीन योजना निर्माण गर्नेछौं । यसप्रकारको प्रतिबद्धतापत्रले २० औं वर्षसम्म पनि दुई पालिकालाई नमूना बनाईराख्न योगदान पुग्नेछ ।
(क) तत्काल गरिने कामहरुः
१.निर्वाचित भएकै वर्षदेखि यस क्षेत्रबाट उच्च शिक्षा पढ्ने विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने छौं (इन्जिनियर,एमबी बी.एस)
२. निर्वाचित भएकै वर्षदेखि पालिकाबासी सबै नागरिकको स्वास्थ्य विमा गर्नेछौं
३. बाल बचत कार्यक्रमलाई निरन्तरता दिने
४. छोरी पढाऊ अभियान सुरु गरि महिला छात्रबृत्ति दिने
५. पशुपालनमा समय अनुसारको खोप, गोठ सुधार, बजार ब्यवस्थापन र पशु बीमा कार्यक्रम सन्चालन गर्ने
६. पुरानो मेला महोत्सवहरुलाई निरन्तरता दिन सहयोग गर्ने
७. पालिकाले युवालाई व्यवसाय इजाजत पत्र उपलब्ध गराएर स्वरोजगार सिर्जना गर्ने (जस्तैः निर्माण व्यवसाय, होटल, रेष्टुरेण्ट सन्चालन इजाजतपत्र, कृषि र पशुपालन एवं् कुटिर र साना उद्योग सन्चालन पत्र)
८. एउटा गाउँबाट अर्को गाउँ जोड्ने गरी पालिका बस सन्चालन गर्ने, सस्तोमा सेवा दिने
९. पालिकामा सकेसम्म स्थानीय स्तरकै कर्मचारीहरुलाई प्राथमिकता दिने, बाहिरबाट आउने कर्मचारीलाई अतिरिक्त भत्ताको ब्यवस्था गरी कामप्रति जिम्मेवार आकर्षित गराउने, पालिकाका कर्मचारी सहित स्वास्थ्य कर्मीहरुलाई बाह्रै महिना सेवा दिने गरी आवासको ब्यवस्था गर्ने
१०. स्थानीय युवाहरूलाई निःशुल्क लोकसेवा तयारी कक्षा सन्चालन गर्ने, हरेक वर्ष स्थानीय कर्मचारीलाई सम्मान कार्यक्रम आयोजना गरिने
११. गाऊ घर क्षेत्रमा फोहोर व्यवस्थापनलाई चुस्त बनाउने, सरसफाईका थप कार्यक्रम लागू गर्ने
१२. गाउँघरमा हुने घरायसी विवाद अन्त्यका लागि सासु–बुहारी मिलन कार्यक्रम सन्चालन गर्ने
(ख ) अल्पकालीन योजनाहरुः
१.गाउँ गाउँ पुगिएको सडकलाई स्तरोन्नती गर्ने
२. मुस्ताङको प्रमुख व्यवसाय पर्यटनमा आधारित भएकोले पर्यटन व्यवसायमा सबैको पहुँच पुग्ने गरी कार्यक्रम सन्चालन गर्ने, प्रत्येक गाउँमा होमस्टे र होटलहरु विस्तार अभियान चलाउने
३. स्वरोजगारका लागि आम्दानी मुलक तालिम र कार्यक्रम सन्चालन गर्ने साथै विपन्न वर्गका नागरिकलाई व्यवसाय सन्चालनका लागि बीऊ पूँजीको अवधारणा ल्याउने
४. सौर्य ऊर्जालाई बिशेष जोड दिने । केन्द्रीय प्रशारण लाइनलाई ब्यवास्थीत गरी लोडसेडीङ मुक्ता गर्ने
५. पालिकामा लगानी भित्र्याउन विशेष कार्यक्रम ल्याउने, उपल्लो मुस्ताङबाट बाहिर भएका सबै नागरिकलाई गाउँसँग जोडिराख्न पालिकाले पुलको रुपमा काम गर्ने
६. सबै ठाउँलाई पर्यटनसँग जोड्ने कार्यक्रम ल्याउने, पर्यटकीय क्षेत्रको प्रचार प्रसार सहित प्रबद्र्धनका कार्यक्रम सन्चालन गर्ने
७. सबै स्वास्थ्य चौकीहरुमा अक्सिजन ब्यवस्था गर्ने, स्वास्थ्य संस्थाको स्तरोन्नतीमा ध्यान दिने
८. भविष्यमा आउन सक्ने महामारीजन्य रोग र प्रकोपबारे सचेतना कार्यक्रम सन्चालन गर्ने।
९. स्थानीय कलालाई प्रोत्साहन गर्न तलिम दिने, हस्तकलाका सामग्री उत्पादनमा जोड दिने र पालिकाको छुट्टै विक्री कक्ष स्थापना गर्ने
१०. ‘पर्यटक भुलाउ’ कार्यक्रम सुरुवात गर्ने र पर्यटकहरु लामो समय उपल्लो मुस्ताङमा बस्ने वातावरण सिर्जना गर्ने
११. गुम्बा तथा लामा, झुमा, आम्ची स्कुलहरु लाई संरक्षण तथा विद्यार्थीहरुलाई छात्रबृत्ति ब्यवस्था गर्ने, साथै एउटा गुम्बा स्कुलमा उच्च शिक्षा अध्ययनको व्यवस्था मिलाउने
१२. पालिकाका सबै समुदायीक विद्यालयलाई प्रविधीमैत्री बनाउने र आवासीय विद्यालय सन्चालनमा जोड दिने संगै +द्दको सुरुवात गर्ने
(ग) दीर्घकालीन योजनाहरु ः
थानीय भाषा र लोपोन्मुख संस्कार–संस्कृतिको संरक्षण गर्दै पर्यटनसँग जोड्ने
२. कृषि लाई आधुनिकीकरण गर्दै बढी भन्दा बढी उत्पादन गर्ने । मुस्ताङका उत्पादनको बजार ज्ञारेण्टी गाउँपालिकाले गर्ने
३. स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्दै ‘कोही विरामी नहुन्, विरामी भएर कोही नमरुन्’ कार्यक्रम सन्चालन गर्ने साथै आमा बचाऊ अभियानलाई सशक्त रुपमा अघि बढाउने
४. सुकुम्बासी, विपन्न,अव्यवस्थित तथा दलित भुमीहिनहरुलाई संघ र प्रदेशसँगको सहकार्यमा लालपुर्जा उपलब्ध गराउने
५. पालिकाभरी एक घर–एक धारा अभियान सन्चालन गर्ने, स्वच्छ खानेपानीको ज्ञारेण्टी गर्ने
६. उत्तरी छिमेकी चीनको सीमाना कोराला नाका क्षेत्रमा बस्ती विकास कार्यक्रम सन्चालन गर्ने, साथै विज्ञहरुको सल्लाहमा ‘सिटी प्लानिङ’ अघि बढाउने
७. सिंचाई नपुगेको ठाउँमा विस्तार गर्ने, जमिन बाँझो नहुने गरी प्रोत्साहनका कार्यक्रम सन्चालन गरिने (जस्तैः निशुल्क बीऊ–मल वितरण, कृषि उपकरण वितरण, धेरै उत्पादन गर्नेलाई सम्मान कार्यक्रम लगायत)
८. प्रकृति संरक्षण गर्दै प्राकृतिक श्रोत साधनहरुको ब्यापक उपभोग गर्ने
९. आयात घटाऊन स्थानीय कृषि उत्पादनलाई ब्यापक विस्तार गर्ने, मुख्य बालीहरुमा आत्मनिर्भर हुने गरी कार्यक्रम सन्चालन गर्ने
१०. जलवायू परिवर्तनको मुख्य असर हिमाली क्षेत्रमा पर्दै गएको परिप्रेक्षमा, जलवायू अनुकुलनका कार्यक्रम सन्चालन गर्ने साथै प्राकृतिक प्रकोपबाट हुने क्षतिमा पालिकाबाट राहत र उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउने
११. तिब्बतसँगको ब्यापार साझेदारीलाई निरन्तरता दिन पहल गर्ने, ब्यापारका लागि अझै सहज वातावरण निर्माण गर्ने
१२. ऐतिहासिक सम्पदा र संस्कृतिलाई संरक्षण गरी हिमालयन साहसीक खेललाई प्रोत्साहन गर्ने, वर्षेनी प्रतियोगिता सन्चालन गर्ने (जस्तैः गल्फ, बाईक रेस, कायाकिङ, घोडचढी, तारा खेल आदी)
१३ःसौर्य ऊर्जा स्थापना ठाउँलाई पर्यटनको अकर्शनसंग जोड्ने
यि सबै कार्यक्रम पूरा गर्न नेकपा एमालेका उम्मेद्वारहरुलाई विजयी गराऔं ।
ईन्द्र धारा बिष्ट ,सदस्य प्रदेश कमिटी नेपाल कम्युनिष्ट पार्टी एमाले

तपाईको प्रतिक्रिया