कास्कीको मादीमा गठबन्धन नगरी मित्रवत प्रतिस्पर्धा गर्न कांग्रेसको अपिल
समाधान संवाददाता
२०७९ वैशाख १० गते १४:३०

पोखरा ।
कास्कीको मादी गाउँपालिकामा गठबन्धन नगरी मित्रवत प्रतिस्पर्धाका लागि नेपाली कांग्रेस मादी गाउँपालिका समितिले आह्वान गरेको छ । समिति सभापति यमबहादुर गुरुङले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
गठबन्धनका लागि माओवादीसहित दलहरुको छलफल निष्कर्षमा पुग्न कठिन भएको गुरुङको भनाइ छ । गाउँपालिका अध्यक्षमा कांग्रेस र नेकपा माओवादी केन्द्र दुबैले दाबी गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया